Sujang

डोटेली भाषाका चिनारी -आरडी प्रभास

धिरेन्द्रराज चटौत
भाषा कला संस्कृति जोगाई राख्न निक्कै कठिनाइ आउने गर्दछन् । नेपाल विभिन्न जात जाति भाषा भाषी भेसभुसाका रूपमा चिनिएको देश हो । भाषा ,संस्कृति र सभ्यता विना पहिचान हुन सक्दैन । समाजलाई जोडेर राख्ने महत्वपूर्ण विषय चिनारी भाषा हो । हाम्रो देश भित्र १२१ भाषा भाषिका मानिसहरु बसोबास गर्ने गर्दछन् । त्यो मध्ये सुदूर पश्चिमलाई चिनाउने भाषा हो । डोटेली ।
डोटेली वा डोट्याली भाषा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा बोलिने एक भाषा हो। डोटेली भाषा नेपालमा बोलिने प्रमुख भाषाहरू मध्ये एक हो । सुदूरपश्चिमका सबै जिल्लाहरूमा र कर्णाली प्रदेका जुम्ला हुम्ला,मुगु र डोल्पा जिल्लाहरूमा यो भाषा प्रयोग गरिन्छ ।
डोटेली भाषाको प्रभाव सुदूर पश्चिमका साथै भारतको उत्तराखण्ड , पिथौरागढ लगायतका ठाउँमा बोल्ने गरेको पाइन्छ । डोटेली भाषा अन्तर्राष्ट्रिय भाषाको सूचिमा सूचिकृत भएको छ ।
यसको प्रमुख श्रेयका रूपमा साहित्यकार, इतिहासकार ,भाषाविद् आरडी प्रभासलाई दिइन्छ । उनले भाषाका बारेमा अक्षर वाट आन्दोलन गरेर वृहत् डोटेली शब्दकोश प्रकाशनमा नल्याएको भए भाषाले यो किसिमको मान्यता पाउने थिएन ।
२०५८ सालमा कोशकार आर.डी. प्रभास चटौतको अथक साधनाले ‘डोट्याली बृहत् शब्दकोश’ प्रकाशनमा आए पश्चात् त्यसले डोटेली भाषामा इट्टाका रूपमा काम गरेको छ । 
उहाँले लेखेको शब्दकोशमा चालिस हजारभन्दा बढी प्रविष्टि, प्रायः उदाहरणमा प्रविष्टिसँगै डोट्याली उखान टुक्का, लोकगीत, फाग, सगुन तथा संस्कृतिजन्य अन्य जानकारीहरू समावेश गरिएको पाइन्छ । 

 

कोषकार चटौतले मौखिकरुपमा रहेको डोटेली भाषामा पढाई हुने दुना (पहाडा)“दो एक्काम दो , दो दुना चार , दो तियाँ छ, ……………………………..आदी यस्तै केहिमात्रा डोट्याली अक्षर लाई पनि  प्रस्टाएको छ । जस्तो सुद्दोई क,  कानोनियो का,बाइमती कि,दाइने की लगायतका रहेको शब्दबाट पनि यो बृहत् डोटेली कोषले के ? कति ? सीमा रेखा छोएको छ भन्ने कुराको सबै माझ छर्लङ्ग पारेको छ ।
स्थानीय स्तरमा जे जस्तो भाषा उच्चारण भएका छन्  हुबहु टिपिकल शब्दमा प्रवेश गराउँदा अझ शब्दकोश माझिएको छ ।

 

वि.सं. २०५८मा प्रकाशित उक्त ‘डोट्याली बृहत् शब्दकोश’का बारेमा सन् २०१६ मा ओभियडो युनिभर्सिटी, स्पेनका भाषा वैज्ञानिक जोन लाजोले आफ्नो विद्यावारिधि तहको अनुसन्धानका लागि कोशकार आर.डी. प्रभास चटौतलाई पत्राचार गरी माग गरेअनुसार शब्दकोश पठाइएको थियो ।
‘डोट्याली बृहत् शब्दकोश’लाई साहित्यका मूर्धन्य व्यक्तिहरू डा. देवीप्रसाद ओझाले ‘यस कालको सबैभन्दा महत्वपूर्ण उपलब्धि मानेका छन् भने राष्ट्रकवि माधव घिमिरेले यसलाई विश्व कोश नै भनेका छन् ।
वर्तमानमा डोट्याली भाषाको साहित्यिक प्रयोगमा आएको विकास विस्तारले यस भाषाको स्वर्णिम भविष्यको सङ्केत गर्दछ।
यसै गरी कोषकार चटौतले डोटेली भाषा “बुद्धि” नामक पत्रिका २०२६सालमा प्रकाशनमा ल्याएका थिए समय परिस्थीकाकारण लामो समय टिक्न सकेन त्यतीबेला देखिनको डोटेली भाषा प्रतिको लगाव २०५८सालमा  अर्ध विश्राम लिई लामो सास तानिएको छ ।
वहाँले डोटेली भाषामा मात्र नभई नेपाली भाषामा जीवनका घडी पाला कविता सङ्ग्रह २०३७ सालमा प्रकाशन गर्नु भयो यस्तै लुकेर हेरूँ कि खण्डकाव्य, चटौत सूक्ति सुधा,भूमि सुधार एक विश्लेषण ,जगदम्बा सन्दोषी स्तोत्र ,लडाइँको मैदानबाट कथा सङ्ग्रह ,लगायतका थुप्रै कृती रहेका छन् ।यस अर्थमा वहाँले आफ्नो कलमलाई डोटेली भाषाका लागी मात्र नरहेर कथा , कविता, बिश्लेषणत्क कृती, स्तोत्र जस्ता बिधामापनि उहाँको अतुलनीय योगदान रहेको छ ।
फुर्सदको समयमा प्राकृतिक दृश्यलाई कलमको माध्यमबाट उहाँले जीवन्त तुल्याउने प्रयास गरेको पाइन्छ ।
उनले विभिन्न समयमा वि.स. २०४६ सालमा पोखरा हुँदाको प्रकाशन गरिएको कृती पोखरा पद्य कविता सङ्ग्रह ,यौटा स्वर ,बुढाको भइसक्यो बास,महामानव बिपी,  कविता सङ्ग्रह , स्वस्थानी व्रत कथा ,पद्य कविता लागायता कविता कोर्नु भएको छ । यसै गरी तितर बितर अवस्थामा रहेका एन.डी प्रकाशद्वारा रचित लेखौट कृतीहरूलाई एकिकृतगरी ‘एन डी  प्रकाशका कालजयी’कविताहरूको सङ्कलन, सम्पादित कोषकार चटौतले गरेका छन् । यसै गरी उनले भागेश्वर स्तोत्र बारेमा लेखेर निकै चर्चा कमाएका थिए । यसरी  समय सान्दर्भिक बेला पखतमा सांस्कृतिक ऐतिहासिक धार्मिक , वातावरणीय आदि विषयमा दर्जनौँ लेखहरू राष्ट्रिय पत्र पत्रिकामा प्रकाशित गरिएको छन् ।
साथै, नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित ‘सुदूर पश्चिमाञ्चल व्यवहार’ (२०६४) मा पनि डोट्याली लोक प्रचलन, संस्कृति र भाषासम्बन्धी अनेक जानकारीहरू पाइन्छन्। ‘कालो सूज्र्य’ (भरत जङ्गमको सामाजिक उपन्यास: डोट्याली भाषामा अनूदित), ‘डोट्याली हाइकु सङ्ग्रह’ र ‘बेजोड स्वाद’ (२०७६), डोट्याली कविता सङ्ग्रह पनि भाषा तथा साहित्य सेवी आर.डी. प्रभास चटरतद्वारा सिर्जित अमूल्य कृतिहरू हुन्।
कोषकार चटौतको  ‘बेलाको बोली बखतको इतिहास’ (२०७०) अर्को महत्वपूर्ण दस्ताबेज हो, जसको प्रकाशक संस्था, नई प्रकाशन काठमाडौँ रहेको छ ।
उहाँले लेखेका पुस्तकमा सङ्कलन प्रकाशन गरिएका अभिलेखहरू जस्तै: ताम्र पत्र, दान पत्र, प्राचीन आदेश पत्र, सम्झौता पत्र, अहद नामा, इस्तिहार, सनद, मालपोतसम्बन्धी कागजात, बिन्ती पत्र, भर्पाई, चिठी, तमसुक आदिमा प्रयुक्त डोट्याली भाषा पनि अध्ययनका दृष्टिले महत्वपूर्ण रहेको छ।
साझा प्रकाशनद्वारा प्रकाशित प्रभास÷राजलक्ष्मीका ‘डोट्याली उखान–टुक्का सङ्ग्रह’ (२०७५) प्रकाशन गरिएको छ ।
चटौतले आफ्नो कलमको प्रवाह वेग नरोकी विगत लामो समयसम्म डोट्याली एक भाषा हो या भाषिका ? भन्ने मतसम्बन्धी विवाद शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा रहेको भए पनि पछिल्ला दिनहरूमा यो विषय क्रमशः स्पष्ट गर्न उहाँको अमूल्य योगदान रहेको छ ।
डोट्याली भाषाको प्रयोग कथ्य तथा लेख्य दुवै रूपमा हुनु र यो क्रम दिनप्रतिदिन मौलाउँदै जानुले आफैँमा डोट्याली भाषिका नभई भाषा हो भन्ने कुरा स्थापित गर्न उहाँको महत्वपुण भूमिका रहेको छ ।
पश्चिम नेपालको डोट्याली समुदायमा सञ्चालन गरिएको सामाजिक भाषिक अनुसन्धानमा नेपालका भाषिक सर्वेक्षण (लिन्सुन)को प्राप्त परिणामहरूको प्रतिवेदनमा डोट्याली एक स्वतन्त्र भाषा भएको र उच्च बोध गम्यताका आधारमा यसका चार ओटा भाषिकाहरू पहिचान भएको कुरा समेत उल्लेख गरिएको छ।
भाषामा आधारित सामग्रीहरू प्रयोगमा ल्याउनका लागि, क्षमता निर्धारण गर्न डोटी जिल्ला र अन्य जिल्लाका डोट्याली भाषीबिचमा बोलिने डोट्यालीको बोध गम्यताको स्तर प्रस्ट पार्न समेत शब्द कोषले उल्लेख्य काम गरेको छ ।
देशमा सङ्घीयता सहितको लोकतन्त्रको स्थापना पश्चात् मातृभाषाको संरक्षण र विकास–विस्तारमा सरकारी तवर वाट योगदान पु–याउने उद्देश्यका साथ स्थापित राष्ट्रिय भाषा आयोग तथा नेपाल प्रज्ञा प्रतिष्ठानका गतिविधिमार्फत डोट्याली भाषाको समुत्थानमा शब्द कोशले अझ बढी टेवा पुग्न जाने अपेक्षा गर्न सकिन्छ ।

 

सुदूर पश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका –४ डुंगरीमा जन्मिएका साहित्यकार, इतिहासकार ,भाषाविद्, कोषकार चटौत सम्पत्ति हुन् । उहाँ जस्ता व्यक्तिहरूको योगदानको जति प्रशंसा गरे पनि अधुरै हुन जान्छ । उहाँका कृतिहरूलाई अनुसरण गरेर भाषा भाषीको संरक्षणमा लाग्नु अहिलेको आवश्यकता हो ।
                            उहाँ प्रति अन्तिममा नमन गर्दछु ।
लेखक रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत छन् ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.