Sujang

डोटी क्याम्पसका नव निर्मित शैक्षिक तथा प्रशासनिक भवनको उद्घाटन

Ban

पुस १ गते ,डोटी : डोटी बहुमुखी क्याम्पसका नव निर्मित शैक्षिक तथा प्रशासनिक भवन उद्घाटन गरिएको छ । सोमवार सिलगढीमा एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका दुवै भवनको उद्घाटन गरिएको हो ।

२०७९ भाद्र ३१ गते सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरेको २४ कोठे ४ तले सुविधा सम्पन्न शैक्षिक भवन र २०८० जेठ २१ गते क्याम्पस प्रमुख दिलानन्द जोशीद्वारा शिलान्यास गरिएको ९ कोठे ३ तले प्रशासनिक भवनको उद्घाटन गरिएको हो । शैक्षिक भवनको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक अर्यालले र प्रशासनिक भवनको त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. केदार प्रसाद रिजालले उद्घाटन गरेका हुन् ।

उद्घाटन हुनु पूर्व निर्माण सम्पन्न भएका भवनहरू सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले उपकुलपति अर्याललाई र उपकुलपतिले क्याम्पस प्रमुख दिलानन्द जोशीलाई हस्तान्तरण गरेका थिए ।
उद्घाटन भएको शैक्षिक भवन रु.५ करोड ७१ लाख र प्रशासनिक भवन रु.३ करोड ७ लाखमा निर्माण सम्पन्न भएको हो ।

डोटी बहुमुखी क्याम्पसको नव निर्मित शैक्षिक तथा प्रशासनिक भवन उद्घाटन कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. अर्यालले शैक्षिक क्षेत्रको सुधारमा लागि रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेका क्याम्पमा जनशक्ति अभाव रहेको बताउँदै आगामी दिनमा परिपूर्ति गर्न लागि रहेको बताए । भवन निर्माण सँगै गुणस्तरीय शिक्षाका लागि सबै लाग्नु पर्नेमा उनले जोड दिए ।

Krishi

उक्त कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा . रिजालले श्रोत र साधनले भ्याएसम्म आगामी दिनमा क्याम्पसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । क्याम्पस स्थापना कालदेखि अहिलेसम्म सहयोग गर्ने सबैलाई सम्मान गर्नुपर्ने बताउँदै क्याम्पसलाई तिनै तहका सरकारको सहयोग आवश्यक रहेको समेत उनले बताए ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव डा. रेग्मी प्रदेशलाई स्वस्थ्य र समृद्ध बनाउन प्रदेश सरकार लागि रहेको उनले बताए ।
शिक्षाको व्यवस्थापन तिनै तहले गर्न आवश्यक रहेको उनले बताए । सुदूर पश्चिम साक्षर भएको बताउँदै अहिले ९५ प्रतिशत जनता साक्षरता भएको प्रगतिका रूपमा लिन सकिने उनले बताए ।

उक्त कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले भवन निर्माण सँगै शैक्षिक गुणस्तर, दक्ष जनशक्ति, आधुनिक शिक्षण पद्धतिलाई विशेष जोड दिनुपर्ने बताएका थिए ।

उक्त कार्यक्रममा कुलपति ,रजिस्ट्रारलाई सम्मान समेत गरिएको थियो ।


त्यस्तै क्याम्पसको भवन निर्माण कम्पनीका सञ्चालक प्रेमशंकर भट्ट र ‘नेपालमा प्रजातन्त्रको उदय’ पुस्तकका लेखक तथा क्याम्पसमा शिक्षण सहायक पदमा कार्यरत अर्जुन बहादुर देउवालाई समेत सम्मान गरिएको थियो ।

डोटी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दिलानन्द जोशीको अध्यक्षतामा उक्त कार्यक्रम गरिएको हो ।

भवनहरूको निर्माण पिएस कन्स्ट्रक्सन सिलगढीले गरेको हो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.