Sujang

डोटीका दलित अधिकारकर्मी कुमारसिंह टेलर अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

Ban

मंसिर २८ गते डोटी :सुदूरपश्चिममा बसेर दलित अधिकारको क्षेत्रको सक्रिय नेता कुमारसिंह टेलर ‘बाबासाहेब डा. भीमराव अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’बाट सम्मानित भएका छन्।

भारतका पूर्वउपप्रधानमन्त्री जगजीवन रामको ५४औँ विजय दिवसका अवसरमा शनिबार टेलर पनि सम्मानित भएका हुन्। नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा लोकसभाका पूर्व अध्यक्ष मीरा कुमारले टेलरलाई पुरस्कारबाट सम्मान गरेकी हुन्।

Krishi

टेलर नेपाली कांग्रेस डोटीका नेता पनि हुन्। कांग्रेसनिकट नेपाल दलित संघ डोटीको उनले लामो समय नेतृत्व गरेका छन्। 

उनी पञ्चायत कालदेखि नै लोकतन्त्र, दलित तथा पछाडि पारिएको समुदायको हक अधिकारका क्षेत्रमा अनवरत संघर्ष गरिरहेका पात्र हुन्।

सोही कार्यक्रममा प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष बनेका सन्तोष परियार पनि पुरस्कृत भएका थिए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.