Sujang

सुदूरपश्चिममा ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना सुरु

मंसिर २९,धनगढी :सुदूरपश्चिममा सशक्त महिला, समृद्ध नेपाल परियोजना सुरु भएको छ । धनगढीमा आयोजित प्रादेशिक शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँदले परियोजना लागु भएको घोषणा गरेका हुन् । परियोजनाले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, चुरे गाउँपालिका, कञ्चनपुरको बेलौरी नगरपालिका, डोटीको दीपायल–सिलगढी नगरपालिका, जोरायल गाउँपालिका, बाजुराको बडिमालिका नगरपालिका,बझाङको मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र दुर्गाथली गाउँपालिका गरी प्रदेशका १० स्थानीय तहमा काम गर्नेछ ।

नेपाल सरकारको सहकार्यमा युरोपेली संघ र संयुक्त राष्ट्र संघका चार एजेन्सी आइएलओ, युएनएफपीए, युनिसेफ र युएन ओमनको साझेदारीमा परियोजना लागु गरिएको हो । सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा सञ्चालन हुने परियोजना अन्तर्गत सामाजिक मूल्य, मान्यता र लैंगितामा आधारित हिंसा रोकथाम, महिलाको

आर्थिक सशक्तीकरण, महिला नेतृत्व, प्रतिनिधित्व, लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन लगायतका कार्यक्रम सञ्चालन गरिनेछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अध्यक्षतामा परियोजना सञ्चालन समिति गठन गरिएको छ । उक्त समितिको सहअध्यक्ष ईयु, युएनआरसीओ रहेका छन् भने प्रदेश स्थित सामाजिक विकास मन्त्रालय, संयुक्त राष्ट्र संघका चार वटै निकाय, राष्ट्रिय योजना आयोग लगायतका निकाय सदस्य रहेका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.