Sujang

लगानी सम्मेलनका लागि लोगो बनाउँदै सुदूरपश्चिम सरकार

मंसिर १२,धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनको लागि लोगो तयारीमा लागेको छ । फागुन २३ र २४ गते आयोजना हुन लागेको सम्मेलनको लागि लोगो तयारी गर्न लागेको हो ।

प्रदेशको आर्थिक मामिला मन्त्रालयले लोगो निर्माणका लागि प्रतियोगिता गर्न लागेको आज एक सूचना जारी गर्दै जानकारी दिइएको छ ।

‘सम्मेलनका लागि प्रयोग हुने लोगो तयार गर्न लोगो डिजाइन प्रतियोगिता आयोजना गरिएको छ’ सूचनामा भनिएको छ ‘प्रतियोगितामा भाग लिन इच्छुक नेपाली नागरिक वा संस्थाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजात सहित सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८० को सचिवालयमा पठाउन हुन अनुरोध छ ।’

प्रतियोगितामा छनौट भएको उत्कृष्ट लोगो निर्माणकर्ता व्यक्ति वा संस्थालाई २५ हजार पाँच सय ५५ रकम पुरस्कार प्रदान गरिने सचिवालयले जनाएको छ ।

लोगो निर्माणका लागि मन्त्रालयले लोगो तयार गर्ने सम्बन्धी मार्गदर्शन, शर्तहरु छनौट प्रक्रिया तोकेको छ । ‘लोगोको फाईल तस्विर वा पिडिएफ हुनुपर्ने, लोगो कलाकृति कम्तिमा दुई इन्च लामो र सबैभन्दा सानो साइडर हुनपर्ने, लोगो शुद्ध र सफा हुनुपर्ने लगायत मार्गदर्शनमा उल्लेख छ ।

मन्त्रालयले प्रतियोगिताका लागि पठाइएको लोगो फिर्ता नहुने, लोगो मौलिक भएको भनी स्वयं प्रमाणित गरिएको पत्र पठाउनुपर्ने, लोगोको निर्माण पक्षले प्रतिलिपि अधिकार सहित कुनै पनि अधिकारको दाबी प्रस्तुत गर्न नपाउने लगायतका सर्तहरु राखेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.