Sujang

जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १२८ पुग्यो

कार्तिक १८, ज्योति कटुवाल:जाजरकोटमा केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

कर्णाली प्रदेश प्रहरीका अनुसार बारेकोट गाउँपालिका -१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

त्यस्तै रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ भन्दा बढी घाइते भएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पबाट पश्चिम नेपाललमा सयौँ घरसमेत भत्किएका छन् । मध्यरातमा भूकम्प गएका कारण क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.