Sujang

इजरायलमा मृत्यु भएका ७ जना विद्यार्थीका परिवारलाई सुदुरपश्चिम प्रदेश सरकारले दुई दुई लाख दिने

असोज २२,धनगढी:इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ । सोमबार एक बिज्ञप्ति जारी गर्दै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले विद्रोही समूहको आक्रमणबाट ज्यान गुमाएका सुदूरपश्चिमका विद्यार्थीहरूका परिवारलाई दुईरदुई लाख रुपैयाँ उपलब्ध गराइने जनाएको छ ।

मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको बिज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन सङ्घीय सरकारलाई अनुरोध गरेको छ । इजरायलमा भएको हमलामा परि आइतबार १० नेपालीको मृत्यु भएको थियो ती मध्ये ७ जना सुदूरपश्चिमका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.