Sujang

इजरायलमा १० जना नेपालीको मृत्यु पुष्टि (विवरणसहित)

असोज २१:इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

 

इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । मृत्यु हुनेमा विद्यार्थीहरू रहेका छन् । यसबारे परराष्ट्र मन्त्रालयले केहीबेरमा जानकारी दिने जनाएको छ ।

 

मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डाेटी शिखर नगरपालिका -३ पचनालीका राजन फुलारा, आदर्श गाउँपालिका -८ लामिखालका पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका दूतावासले जनाएको छ ।

 

त्यस्तै, ६ जना घाइते भएर उपचाररत रहेका छन् भने एकजना सम्पर्कविहीन छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.