Sujang

धनगढीबाट चामल बोकेर गएको ट्रक दार्चुलामा दुर्घटना, एक जनाको मृत्यु

दार्चुला १९ असोज :धनगढीबाट खाद्यान्न बोकेर गएको मिट्र्क आज (बिहीबार) बिहान दार्चुलामा दुर्घटना भएर एक जनाको ज्यान गएको छ ।

प्रहरी स्रोतका अनुसार दुहु गाउँपालिकाको वडा नम्बर २ तर्फ गैरहेको से.१ ख १२५२ नम्बरको ट्रक सडकबाट करिब २५० मिटर तल राताकाठा भीरमा खसेको हो।

मृतकको नाम र ठेगाना अहिले खुलेको छैन भने सवारि चालक अहिले फरार छन्। दुर्घटनाबारे थप विवरण संकलन गरिरहेको र चालकको खोजि कार्य भइरहेको प्रहरीले बताएको छ । ट्रकमा चामलसहितका सामान दार्चुला लगिदै थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.