Sujang

धनगढी उपमहानगरपालिकाले दाहसंस्कार खर्च दिने

Ban

धनगढी, २ असोज : कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्नलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई पनि समस्या नहोस् भनेर सो पालिकाले पाँच हजार रुपियाँ दाहसंस्कार खर्च दिने भएको हो।

आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवम् वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए । “यो सहयोग सबैलाई होइन”, उनले भने,“आर्थिक रूपमा एकदम विपन्न परिवारलाई मात्रै हो।” आर्थिक सहयोग प्रत्येक वडाका वडा अध्यक्षहरूको समन्वयमा उपलब्ध गराइने जनाइएको छ।

यसैगरी, मृतक हरेक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ। नगर क्षेत्रभित्र कुनै पनि व्यक्तिको मृत्यु भएमा धनगढी उपमहानगरपालिकालाई जानकारी गराउनु पर्ने ऐरले बताए ।

 

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.