Sujang

विकास र समृद्धि सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री शाह

Ban
Krishi

धनगढी :सुदुर पश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकास र समृद्धि सरकारको पहिलो प्राथमिकता भएको वताएका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा धनगढीमा आयोजित कार्यक्रममा वोल्दै जनताको आवश्यकता हेरेर विकास योजनाको काम अघि बढाउनु पर्ने बताए । उनले प्रदेश सरकारले बजेट मार्फत विकासको यात्रा तय गर्न खोजेको बताए ।

कार्यक्रममा भौतिक पुर्वाधार बिकास मन्त्री प्रकाश बहादुर देउवा, आर्थिक मामिला मन्त्री नरेश कुमार शाही, उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, पुर्व मुख्यमन्त्री तथा पूर्व मन्त्रीहरु, प्रदेश सभासद सदस्यहरु, प्रदेश सचिवहरु, योजनाका आयोगका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । १६औं आवधिक योजना र प्रदेशका राष्ट्रिय गौरवका आयोजनाको सम्भावन बिषयक उक्त कार्यक्रममा सुझाव संकलन गरिएको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.