Sujang

अछाम पहिरो अपडेटः मृत्यु हुनेको संख्या २२ पुग्यो

असोज १,अछाम-अछामको ३ स्थानीय तहका ४ ठाउँमा पहिरोले घर पुरिँदा ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

जिल्लाको ढकारी गाउँपालिका,कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु हुने २२ जनाकै सनाखत समेत भएको छ । अहिले मृत्यु हुनेको संख्या २२ पुगेको छ । अछामको तिनै पालिकामा गरी मुत्यू हुनेको संख्याया २२ पुगेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डाँगीले वताए ।

ढकारी गाउँपालिका ६ बस्ने २ बर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका ५ बस्ने १७ बर्षिया जानकी शाही, सोही गाउँपालिकाका १७ बर्षिय बिमला शाही, ४५ बर्षिय नेत्र शाही, ३६ बर्षिय मनिषा शाही, १७ बर्षिय कल्पना शाही, १३ बर्षिय सुन्दर शाही, १ बर्षिय मेनिका शाही, ३ बर्षिय कल्पना शाही, २१ बर्षिय भावना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी कमलबजार नगरपालिका ६ बस्ने ३० बर्षिय अमृता कामी, १७ बर्षिय समिता कामी, २१ बर्षिय अर्धना कामी, ९बर्षिय निखिल कामी, ३६ बर्षिय मैनकला कामी, १५ बर्षिय गिता कामी, १२ बर्षिय सिरु कामको ज्यान गएको छ । उनीहरु एकै घरका हुन् ।

यस्तै कमलबजार नगरपालिका ८ ढुङ्गला बस्ने एकैघरका २६ बर्षिय गम्भीर दमाई, बस्ने २३ बर्षिय भाना दमाई, ६ बर्षिय डिग्रा दमाई, ३ बर्षीय कलु दमाई, ४ बर्षिय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी डाँगीले जानकारी दिए ।

यसैगरी घाइते हुनेमा ढकारी गाउपालिका ६ बस्ने ६२ बर्षिय हर्क वुढा,२१ बर्षिय चन्द्र देवि बुढा, १२ बर्षिय धर्म बुढा र कमलबजार नगरपालिका ६ बस्ने ८५ बर्षिय भक्त कामी, ४२ बर्षिय ईन्द्र सिह कामी, १२ बर्षिय कल्पना कामी, १२ बर्षिय ममता कामी, १० बर्षिय शुसिल कामी, २ बर्षिय सफलता कामी, ३८ बर्षिय डिक्रा कामी र कमलबजार नगरपालिका ६ बस्ने ६५ बर्षिय खटी दमाई रहेको उनले वताए ।

पहिरोमा परी ११ जना वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

अछाममा शुक्रबार रातिको अविरल बर्षाका कारण ठुलो जनधनको क्षति भएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.