Sujang

बझाङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

जगदीश रोकाया ,बझाङ: नेपाल सरकारको पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने कार्यक्रम अन्तर्गत बझाङ जिल्ला सुदूर पश्चिमको पाँचौँ  नम्बरमा घोषणा गरिएको छ।
शुक्रवार एक औपचारिक कार्यक्रमका बिच बझाङ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेको हो। सदरमुकाममा गरिएको औपचारिक कार्यक्रममा जिल्ला समन्वय प्रमुख नर बहादुर बोहराले घोषणा गरेको हो। पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा बझाङ जिल्ला पाचौं नम्बरमा परेको उनले बताए । यस अगाडि सुदूरपश्चिम प्रदेशमा डोटी पहिलो स्थानमा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको थियो। दोस्रोमा बैतडी जिल्ला, तेस्रोमा अछाम, चौथोमा डडेलधुरा जिल्ला र पाचौ नम्बरमा बझाङ जिल्ला परेको स्वास्थ्य कार्यालय प्रमुख भानुभक्त जोशीले बताए।
बझाङ जिल्लामा जन्म देखि १६महिना सम्मका ४हजार १सय ५पाँच बालबालिका साथै १६महिना देखि पाँच वर्ष मुनीका १०हजार ८सय २९उनन्तिस बालबालिकाले लगाउनु पर्ने सबै खोप लगाइ खोप लगाउन कुनै पनि बालबालिका नभएकाले जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरेको पनि उनले जानकारी दिए। यस अगाडि जिल्लामा रहेका १२वटै पालिकाले खोप सुनिश्चितता पालिका घोषणा गरेपछि जिल्ला घोषणा गरेको हो।
Salmuni
Leave A Reply

Your email address will not be published.