Sujang

अछाममा पहिरोमा पुरिएर ७ जनाको मृत्यु

गिता कुवँर , असोज १,अछाम – अछामको विभिन्न ठाउँमा गएको पहिरोमा पुरिएर ७ जनाको मृत्यु भएको छ। तीन दिनदेखिको अविरल बर्षाका कारण आएको पहिरोमा घर पुरिएर ७ जनाको मृत्यु भएको हो।

कमलबजार नगरपालिकाका- ६ मा ४ जना, तुर्माखाँद गाउँपालिकामा- ५ मा २ जना र ढकारी गाउँपालिकामा एक जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
लगातार पानी परिरहेकाले विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। बिजुली बत्ती र सञ्चार विच्छेद भएको र उद्धार कार्यमा कठिनाई भइरहेको डीएसपि नारायण डाँगीले बताए। खोजी तथा उद्धारका कार्य जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने उनले बताए।

Salmuni
Leave A Reply

Your email address will not be published.