Sujang

सार्की परिवारको सात महिना देखि ओडारको बास  

भिडियो बाहिर ल्याउनेलाई उल्टै धम्की  

दयाराम पण्डित ,बाजुरा -बाजुराको जगन्नाथ गाउँपालिका वडा नं ५ गोत्रीका रुपधन सार्कीको परिवार विगत ७ महिना देखि ओडारमा बस्दै आएका छन्  ।  गत असोज १९ गते आएको अविरल वर्षासँग सडक छेउमा रहेको घर भत्किएपछि सार्कीको परिवार विगत देखि ओडारमा बास बस्दै आएको स्थानीयले बताए ।
जगन्नाथ गाउँपालिकाले निमार्ण गरेको देवलकोट सडक खण्डबाट आएको पहिरोले गत असोज १९ गते घर भत्किए पछि उहाँको परिवार बिचल्लीमा परेको हो  । निमार्ण भएको सडक तल र माथिबाट झरेको पहिरोले बसोबास गरिरहेको उनको  घर भत्किए पछि परिवारको उठीबास भएको स्थानीय नीराजन सार्कीले बताए ।
सार्कीको घर पहिरोका कारण भत्किएको र अर्को कुनै बस्ने व्यवस्था नभएपछि सार्कीको परिवार गाउँ नजिकैको ढुग्रीगाड ओडारको खुला ठाउँमा बस्दै आएको  प्रत्यक्षदर्शी सार्कीको भनाई छ ।  देवलकोट माविमा जाने  सडक खण्ड निमार्ण गर्दा जमिन भाँस्सिएर घर भत्किए पछि अहिले ओडारमा बस्नु परेको हो पहिरोपिडत सार्कीले बताए ।
ज्याला मजदुरीबाट परिवारको गर्जो टार्ने गरेका छौँ ,आर्थिक अवस्था कमजोर हुँदा घर निमार्ण गर्न नसकेको दुखेसो गरे ।
ज्याला मजदुरीबाट परिवारको गर्जो टार्नेकी, आफ्नो भोको पेट, घर लगाउन रकम जुटाउन सकिएको छैन, उहाँले भन्नुभयो । रोजगारी नभएका कारण श्रीमती आफू र छोरा छोरी गरी ७ जनाको परिवारलाई बिहान बेलुका छाक टार्न समस्या भएको बताउनुभयो । छोरीहरूको सहारामा परिवार पालिएको छ, छोरीले अरूको काम गरेको दिन बिहान बेलुका छाक टर्ने र काम नगरेको दिन भोकै बस्नु पर्ने उहाँले बताउनुभयो । सार्कीका छोरा छोरी र श्रीमती आपागं छन् । छोराको जिब्रो नआउने बायाँ हात र खुट्टा नचल्ने र श्रीमतीको पनि बायाँ हात चल्दैन सार्कीले भन्नुभयो ।  पानी परेको दिन आफन्त प्रदीप सार्की विश्वरूप सार्की को घरमा बस्ने गरेको र  घाम लागेको दिन ओडारमै बस्ने गरेको सार्कीको भनाई छ ।
 ओडरमा बस्दै आएका रुपधन परिवारको भिडियो सहित स्थानीय नीराजन सार्कीले सार्वजनिक गरेका थिए । असाह्य अपाङ्ग रुपधनको परिवारलाई केही राहत होला भनेर भिडियो सहित बाहिर ल्याएँ अहिले जगन्नाथ गाउँपालिकाको संरक्षणमा बसेका केही व्यक्तिबाट  सामाजिक सञ्जालमा गाली ब्यज्जती भएको छ ।
स्थानीय नीराजन सार्कीको दुखेसो छ । भिडियो बाहिर आयपछि जगन्नाथ गाउँपालिकाको बेजत गराए भन्दै अस्तिबाट  उनका माइला बुवा नाता पर्ने विश्वरूप सार्कीको घरमा बसाएका हुन् स्थानीयले भने ।  सार्की परिवारर्ला आइतबार देखि वडाकायाृलयमा निगरानीमा लिएको छ । घटना सार्वजनिक भएपछि वडा कार्यालयले चामल र त्रिपाल वितरण गरेको खुलेको छ।
  जगन्नाथ गाउँपालिका वडानं ५ का वडा अध्यक्ष गौरी सार्कीले भन्नुभयो  रुपधन सार्की को परिवार  सात महिना देखि वडामा बस्छन् भन्ने कुरा  बनावटी मात्र हो। घरबाट वडामा लिएर बल्जवस्ती वोल्न लाएको आरोप वडाध्यक्ष शाकीको छ।  उनी घरमै बस्छन् । जगन्नाथ गाउँपालिकाको बेइज्जत गराउने हिसाबले उक्त विवरण बाहिर ल्याएका हुन्। रुपधन आफैमा जग्गावाल मान्छे हुन् । गत असोज १९ गते आएको अविरल वर्षका कारण  घर सामान्य क्षेत्री भएको हो ।
जगन्नाथ गाउँपालिका खरमुक्त घर बनाउने अभियान अनुसार सार्की परिवारलाई  पचास हजार रुपैंया राहत उपलब्ध गराएको हो  ।  तर उनले उक्त रकमबाट घर निर्माण नगरी  खर्च गरे । उनकी श्रीमती र छोरा अपाङ्ग छन्। अहिले उनीहरू आफ्नै दुुईतले घरमा बस्छन् वडाध्यक्ष शाकीको भनाई छ । भुकुम्प र  बाढी पहिरो पिडत गरी  जगन्नाथ गाउँपालिकामा १०५ घरधुरी प्रभावित भएका हुन् अध्यक्ष सार्कीले भन्नुभयो । वडामा बस्ने शाकी परिवारको घटना सार्वजनिक भए लगत्तै  गत आइतबार वडा कार्यालयले चामल र त्रिपाल वितरण गरेको खुलेको छ।
यसैबिच   जगन्नाथ गाउँपालिकाले विगत देखि  संस्थागत रूपमै अनियमितता गरेको भन्दै नेपाली काँग्रेस , नेकपा माओवादी र नेकपा समाजवादीले एक साता अगाडी २७ बुँदे ध्यानाकर्षण पत्रबुुझएका थिए ।  । उक्त पत्रको खण्डन गर्न गत साता मात्र गाउँपालिका अध्यक्ष आफुअनुकुलका पत्रकारलाई बोलाएर पत्रकार सम्मेलन गराएको  आरो स्थानइिको छ।  । ध्यानाकषर््ाणपत्रको व्यवस्था गरेसँगै विवाद चर्किएको हो ।
स्थानीयको भनाई छ ।  गाउँपालिका स्थापना कालदेखि नै  जगन्नाथ गाउँपालिकाका  अध्यक्ष कालीबहादुर शाहीको सेटिङ्गमा गाउँपालिका  एकलौटी चलाएको आरोप विपक्षी राजनीतिक दलले लगाएका छन् ।
Salmuni
Leave A Reply

Your email address will not be published.