बिक्रम खड्का, डोटी: युरोपियन युनियनका राजदूत नोना डिप्रेज सहित युरोपियन युनियनका सदस्य राष्ट्रहरूका चार जना राजदूतहरूको टोलीलाई नगरपालिकाले भब्य स्वागत तथा नगरको बस्तुस्थीतिका बारेमा जानकारी गराएको छ।
चार दिने सुदूरपश्चिम भ्रमणका क्रममा डोटी पुगेको सो टोलीलाई नगर प्रमुख बाजि सिं खड्काले स्वागत तथा जानकारी गराउनु भएको हो ।
उनीहरूले दिपायल सिलगढी नगरपालिकाको बारेमा नगर प्रमुख सँग छलफल समेत गरेका छन् ।
अनुगमन पछि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले नगर पालिकालाई सक्दो सहयोग गर्ने बताइन् । भुकम्प पिडितका बारेमा जानकारी लिदै यसका बारेमा आवश्वक छ्फफल तथा सहयोग गर्ने बताइन् ।
अनुगमन तथा सुदुर पश्चिम भ्रमणमा युरोपियन युनियनका राजदूत डिप्रेज सहित युनियनका सदस्य राष्ट्र जर्मनीका राजदूत थोमस प्रिन, फ्रान्सका राजदूत गिल्स बोरबाओ र फिनल्याण्ड राजदूत रिना रिक्का हेईक्का रहेकी थिइन् ।
राजदूतहरूको टोलीले जर्मन सरकारका तर्फबाट पाएको सहयोग र त्यसको प्रभावको बारेमा पनि जानकारी लिएको छ ।
जर्मन सरकारले ग्रेप परियोजना मार्फत सुदूर पश्चिममा सहयोग गर्दै आएको छ ।
पहिलो पटक सुदूरपश्चिम भ्रमणमा आएको सो टोलीलाई नगर पालिकाले बाजागाजा फुलमाला, ढाका टाेपि , मायाको चिनो सहित भब्य स्वागत गरिएको नगर प्रबक्ता दशरथ बलायर बताए ।
स्वागत कार्यक्रम नगर उप प्रमुख कलावती महर साउँद , कार्यपालिका सदस्य , वडा अध्यक्षहरु, कर्मचारी लगायतको सहभागीता रहेको थियो।
चार दिने भ्रमणका क्रममा उनीहरुले युरोपियन युनियन तथा युनियनका सदस्य राष्ट्रहरुको सहयोग तथा साझेदारीमा कैलाली, डोटी र डडेल्धुरामा सञ्चालित परियोजनाहरुको अवलोकन तथा सुदूरपश्चिमको विकासका सम्बन्धमा मुख्यमन्त्री तथा पालिका प्रमुखहरुसंग भेटघाट तथा छलफल गरेका छन् ।