धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ।
अस्पतालमा बुधवारदेखि मेशिन जडान भएर सेवा सुरु भएको जनाएको छ ।प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो ।
सेतीमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो ।
मस्तिष्क घातलगायत मस्तिष्क भित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटी स्क्यान मेसिन उपयोगी हुने गर्छ ।