Sujang

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा स्वार विजयी

मंसिर ,१७ गते ,कैलाली – सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासङ्घको १६ औ वार्षिक साधारण सभा तथा ८ औँ अधिवेशनबाट लक्ष्मण कुमार स्वार विजयी भएका छन् ।

आगामी ३ बर्षे कार्यकालका लागि भएको निर्वाचनमा स्वारले आफ्ना प्रतिपक्षी हरि प्रसाद भट्टलाई १०९ मतले पराजित गरेका छन् । स्वारले २१५ मत ल्याउँदा भट्टले १०६ मत मात्रै प्राप्त गरे ।

यसै गरी सङ्घको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी विजयी भएका छन् । कपाडीले गङ्गा बहादुर शाहलाई पराजित गरेका छन् । कपाडीले १९२ मत प्राप्त गर्दा शाहले १२० मत मात्रै प्राप्त गरेका छन् ।त्यस्तै उपाध्यक्षमा लक्ष्मण बहादुर साउद २३२ र मदन मोहन विष्ट १२१ मत प्राप्त गरि विजयी भएका छन् । उपाध्यक्षका प्रत्यासीद्वय रघुवीर सिंह साउदले ११२ र रमेश सिंह खडायतले ८६ मत मात्रै प्राप्त गरेका थिए ।

त्यस्तै सङ्घको महासचिवमा खेमराज जोशी २०२ मत प्राप्त गरि विजयी भएका छन् । महासचिवका प्रत्याशी चन्द्र बहादुर शाहले ११२ मत मात्रै प्राप्त गरे । यसै गरि नीतिगत उप-महासचिवमा आङ दावा शेर्पा विजयी भएका छन् । सेर्पाले २०२ मत प्राप्त गर्दा यज्ञराज जोशीले ११५ मत मात्रै ल्याएका छन् ।

सङ्घको आन्तरिक उप-महासचिवमा राजेश गिरि विजयी भएका छन् । गिरिले दर्शन बहादुर खड्कालाई ५३ मतले पराजित गरेका छन् । गिरिले १८२ मत ल्याउँदा खड्काले १२९ मत मात्रै ल्याएका छन् ।

यसै गरी, सदस्यहरूमा ललित बहादुर बोहरा (२२१), सुनिल कुवंर (१९०), केशव राज भट्ट (१८९), पदम बहादुर भण्डारी (१७७) र आशिष् कुमार खत्री (१६६) मतका साथ विजयी भएका छन् ।

यस अधि, सङ्घको साधारण सभाबाट ८ जना निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचित हुनेमा कोषाध्यक्षमा निर्मल कुमार देउवा र सह-कोषाध्यक्षमा गणेश बहादुर खड्का रहेका छन् । त्यस्तै, महिला सदस्य द्वय विमला देवी श्रेष्ठ र शक्ति पन्त समेत निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, निर्विरोध निर्वाचित हुने सदस्यहरू माधव प्रसाद चौधरी, दाउत तामाङ, तुला बहादुर राना र गोरे सिंह ऎर रहेको मुख्री निर्वाचन अधिकृत वीर बहादुर जेठाराले बताए । सङ्घको ३४३ सदस्य मध्ये ३२६ जनाले मतदान गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.