Sujang

४० लाखको लगानीमा फर्निचर उद्योग सञ्चालनमा ल्याए पन्तले

Ban

लालपुर – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ लालपुरमा महालक्ष्मी फर्निचर उद्योग सञ्चालनमा आएको छ । स्थानिय व्यवसायी एवम् युवा नेता गजेन्द्र पन्तले करिब ४० लाखको लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन । उक्त उद्योगको नवनिर्वाचित प्रदेश सभा सदस्य प्रकाश बहादुर बमले उद्घाटन गरेका थिए । उनले निर्वाचित भएलगत्तै पहिलो पटक उक्त उद्योगको उद्घाटन गरेका हुन ।

नगरपालिकाको मुख्य बजारका रुपमा रहेको अत्तरियाबाट फर्निचरका सामाग्री ढुवानी गरेर लैजानुपर्ने लालपुरबासीहरुको समस्या समाधान गर्न आफुले उद्योग सञ्चालन गरेको पन्तले बताए । ‘विवाह या अन्य आवश्यक परेका समयमा होस, फर्निचरका सामग्रीहरु खरिद गर्नका लागी अत्तरिया पुग्नुपर्छ’ उनले भने ‘त्यहाँबाट ढुवानी खर्च पनि बढी लाग्ने र भने अनुसारका सामग्रीहरु पनि पाउन गाह्रो हुने भएकाले यहाँ उद्योग स्थापना गरेको हुँ ।’

Krishi

उनले ग्राहकका ईच्छा अनुसारका फर्निचरका सामानहरु अर्डर अनुसार बनाउने काम उद्योग गरिने बताए । ‘मैले बाहिरबाट ल्याएर बेच्ने काम गर्दिन, आफै बनाएर बेच्छु’ उनले भने ‘ग्राहकलाई आवश्यक पर्ने जस्तो सुकै फर्निचरका सामग्रीहरु पनि उद्योगमा बन्छ ।’ उनले स्थानियहरुलाई सहुलियत रुपमा आफुले फर्निचरका सामग्री उपलब्ध गराउदै आएको बताए । उनका अनुसार ग्राहकहरुले अर्डर गरे उद्योगबाट देशका जुनसुकै ठाउँमा पनि फर्निचरका सामग्रीहरु पठाउन सकिने छ ।

व्यवसायी मात्रै नभई नेपाली कांग्रेसका पुर्वमहासमिति सदस्य समेत रहेका पन्त राजनितिसँगै आम्दानीको पाटोलाई पनि अगाडी बढाउनुपर्ने बताउँछन । ‘राजनिति गर्नेले अनिवार्य एउटा आम्दानीको बाटो सम्हाल्ने किसिमको व्यवसाय चलाउनुपर्दछ’ उनले भने ‘जसले गर्दा देशमा भ्रष्ट्राचार बढ्न पाउँदैन र देशको आर्थिक समृद्धि हुन्छ ।’ उनले राजनितिमा लाग्दा लगाएको लगानी उपल्लो तहमा पुगिसकेपछि असुल गर्ने मनस्थितिमा राजनितिज्ञहरु हुने भएकाले नै भ्रष्ट्राचार बढ्ने गरेको बताए ।

उनले राजनितिलाई सेवाको रुपमा लिएर आम्दानीका लागी कुनै व्यवसाय सञ्चालन गर्नुपर्ने बताए । ‘राजनिति सेवा हो, यसलाई सेवाको रुपमा नै लिने गर्नुपर्दछ’ उनले भने ‘राजनितिलाई सेवाको रुपमा अगाडी बढाउन र भ्रष्ट्राचार कम गर्न नेताको आफ्नो आयस्रोत हुन अनिवार्य छ ।’ उनले व्यवसायका साथसाथै आफुले राजनितिलाई पनि अगाडी बढाउने बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.