Sujang

उम्मेदवारी दर्ता संगै संसदकाे आयु सकिन्छ -प्रचण्ड

भदौ ,धनगढी २१– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड“ ले निर्वाचन क्षेत्र र सिट बाडफाड (एकैचोटी) एकैसाथ टुङ्ग्याउने गरि छलफल भईरहेको वताएका छन् ।
मंगलवार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मिल्ने जति कार्यदलले टुङ्गयाउने र नमिले जतिको सिट बाडफाड शिर्ष तहबाटै टुङ्गो लगाउने वताएका हुन् ।
सचारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको उम्मेदवारी दर्तासंगै संसदको आयु सकिने वताए ।
उनले भने ,‘मंसिर ४ गते निर्वाचन हुन्छ । त्यस अघि कन्फ्युजन गर्ने केही काम गर्न हुदैन भनेर गठबन्धनमा छलफल भएको छ ।सम्भवत आजै विधेयक फिर्ता हुने छ ।’
उनले थपे,‘गत बैशाखमा स्थानीय तहको निर्वाचन सफलता पूर्वकसम्पन्न हुनु जनताको जित भएको हो । आगामी मसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सफलतापूवर्क सम्पन्न गर्ने कार्यमा सवै लाग्नु पर्दछ ।’

Salmuni
Leave A Reply

Your email address will not be published.