Sujang

कठिन समयमा बोर्ड छिरेका भुवन सुरुमै अलमल

-दाबेदारको रस्साकस्सीबीच चलचित्र विकास बोर्ड अध्यक्ष बनेका भुवन केसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठूलो आशा थियो । कार्यभार सम्हाल्दै गर्दा उनले नेपाली फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत आफू तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

तर झन्डै दुई महिना लाग्दा पनि भुवनले कार्यकालमा आफूले गर्ने स्पष्ट खाका र योजना ल्याउन सकेका छैनन् । उनी स्वयंले घोषणा गरेको चर्चित गोलमेच कार्यक्रम पनि अहिलेसम्म हुन सकेको छैन । बरु उनी दुई महिना हुनै लाग्दा पनि कम्पासबिनाको जहाजजस्तै अन्योलग्रस्त देखिएका छन् ।

 

डेढ महिनाको चित्र हेर्दा अध्यक्षको रुपमा भुवन अझै लय समाउन सकेका छैनन् । कार्यकारी अध्यक्षको रुपमा बोर्डको नेतृत्व सम्हालेका उनले अझै प्रशासनिक कामकुरा सिक्दैछन् । स्पष्ट शब्दमा भन्नुपर्दा भुवनको डेढ महिना अनुत्पादक कामकाजमै व्यतित भएको देखिन्छ ।

यसबीचमा टीभी कार्यक्रमको छायांकन, सम्मान समारोह, फिल्मको प्रिमियर, बधाई खाने कार्यक्रम, आफूविरुद्ध अदालतमा पेश भएको रिटको काममा उनको समय खर्चिएको छ । टीभी रियालिटी शो सुपर डान्सर नेपालको छायांकनमा त उनले सातामा दुई दिन बिताउँछन् । उनलाई नजिकबाट नियालिरहेकाहरु पनि कठिन समयमा अध्यक्षमा चुनिएका भुवनको डेढ महिने कार्यकाल अनुत्पादक भएको बताउँछन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.