Sujang

क्यान्सर पीडित १३ वर्षीया बालिकाको उपचारमा समस्या, सहयोग गरिदिन परिवारको अपिल

किरण धामी-डोटीको बोगटान फुड्सिल गाउँपालिका -७  खत्याडी बस्ने १३ वर्षीया बालिका क्यान्सर पीडित पूजा मिश्रको उपचारमा समस्या भएको छ ।

उनको उपचारको लागि १५ लाख खर्च लाग्ने भएपछि समस्या भएको उनका बुवा रमेश मिश्रले बताए।

पीडितका बुवाले भने ,´अहिलेसम्म ७/८ लाख खर्च भइसकेको छ। छोरीको पाखुराको हड्डीमा क्यान्सर भएको छ । बिपी कोइराला क्यान्सर रोग अस्पताल चितवनमा उपचार भइरहेको छ । यो भन्दा पहिला भारतको बरेलीमा उपचार गरेको हो। त्यहाँ उनमा क्यान्सर देखिएपछि बिपी कोइराला क्यान्सर रोग अस्पताल चितवन लगिएको हो ।`

उनले थपे,´ छोरीको उपचारका लागि आर्थिक  सहयोगको लागी हामीले अपिल गरेका छौँ । उनको उपचारमा आफूसँग भएको सबै रुपैयाँ खर्च भइसकेको छ। अब निक्कै समस्या छौँ । छोरीलाई बचाउने ठुलो धोको छ। यतिबेला हामी सहयोगि हातहरुको पर्खाइमा छौँ । सहयोग गरिदिन सबै अनुरोध गर्द्छु।`

सहयोग गर्न चाहनेले रमेश प्रसाद मिश्रको ग्लोबल आइएमइ बैङ्कको खाता नम्बर १३३०८०१०००००१६ मा रकम जम्मा गरिदिन वा  मोबाइल नम्बर ९८४८४७४२४३ मा फोन गर्न सक्नेछन् ।

 

त्यस्तै पूजाको उपचारका लागि भन्दै डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७  ओजेली घर भई कामको लागि भारतको गोवामा रहेका महेन्द्र धामीले आर्थिक सङ्कलन अभियानको सुरुवात गरेका छन् । अहिले सम्म ४० हजार ५ सय ७३ रुपैयाँ ६ पैसा नेपाली रुपैयाँ सङ्कलन भएको धामीले जानकारी दिए । धामीले आफ्ना शुभचिन्तक सहित सबैलाई अभियानमा जोडिन सामाजिक सञ्जाल फेसबुकमार्फत आग्रह  गरेका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.