Sujang

बझाङमा झडप हुँदा चार जना गम्भीर घाइते

Ban

बझाङ -खप्तडछान्ना गाउँपालिका- ६ पाटादेवलमा भएको बिहीबार साँझ दोहोरो झडपमा चार जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते चार जनाकै बझाङमा उपचार सम्भव नभएपछि बिहीबार राति नै धनगढी रेफर गरिएको छ।

Krishi

घाइतेहरुमा बसन्त खड्का, त्रिभूवन खड्का, प्रकाश खड्का र दिपक खड्का रहेका छन्। उनीहरुबीच पुरानै पारिवारिक प्रतिशोध र अहिले चुनाव कारण झडप भएको वडाध्यक्ष तेजबहादुर खड्काले बताए।
उनका अनुसार बसन्त खड्काले चुनावी प्रचारको विवादका क्रममा त्रिभुवन खड्काको टाउकोमा बोतलले हिर्काउँदा झगडा सुरु भएको हो।

घाइते हुनेहरु नेकपा एमाले र नेपाली कांग्रेसका समर्थक रहेको बुझिएको छ। पाटादेवलमा खड्का परिवारबीच राजनितिक प्रतिशोधकै कारण प्रायः जसो झडप भइरहन्छ।  उनीहरु सबै एकै परिवारका रहेका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.