Sujang

गोदावरी नगरपालिकाले अत्तरिया चोककामा राखिएका बोर्ड हटायो

कार्तिक ८ गते कैलाली -कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया चोककामा राखिएका बोर्ड हटाउन सुरु गरेको ।
मंगलवार नगर पालिकाले चोकमा राखिएका व्यवसायी प्रयोजनका बोर्ड हटाउन सुरु गरेको हो ।
१५ वर्षको सम्झौता भएपनि सम्झौता अनुसार काम नभएकाले हटाउन बाध्य भएको नगर प्रमुख वीरेन्द्र भट्टले बताए । उनले भने,‘ पाँच वर्षको नगरपालिकाले २५ लाख रुपैयाँ कम्पनीसँग असुल गर्न बाँकी छ । पटक पत्राचार गर्दा समेत जवाफ आएन । कुनै सुनुवाइ नभए पछि बोर्ड हामीले हटाएका छौ।’
सुदूरपश्चिमको मुख्य चोकमा व्यापारिक प्रयोजनका बोर्डहरू राख्न नहुने नगरवासीले माग गर्दै आएका नगर प्रमुख भट्टले बताए ।
Salmuni
Leave A Reply

Your email address will not be published.