Sujang

बर्खास्तीमा परे सुदूरपश्चिमका वनमन्त्री रामेश्वर चौधरी

Ban

असार १९, धनगढी —सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो निर्देशन अवज्ञा गरेको भन्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बिहीबार पदमुक्त गरेका छन् । मुख्यमन्त्री शाहले चौधरीलाई १६ दिनअघि असार ३ गते राजीनामा दिन निर्देशन दिएका थिए ।

Krishi

तर मन्त्री चौधरीले सार्वजनिक रूपमा ‘सक्ने भए बर्खास्त गर्न’ भन्दै मुख्यमन्त्रीलाई चुनौती दिएका थिए । नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेठ ४ गते मन्त्री नियुक्त भएका थिए । सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार रहेको छ । चौधरीको बर्खास्तीपछि मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहले आफैं सम्हालेका छन् ।

बजेट निर्माणको क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन नपालेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनै जानकारी नदिएकोलगायतका कार्यप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्रीले राजीनामा मागेको जनाइएको छ ।

यसअघि पनि सुदूरपश्चिमका तत्कालीन वनमन्त्री लक्ष्मणकिशोर चौधरी विवादमा परेका थिए । आर्थिक लेनदेनको आरोप लागेपछि तत्कालीन वनमन्त्री चौधरीले गत चैतमा राजीनामा दिएका छन् । उनी पनि नागरिक उन्मुक्तिबाटै मन्त्री बनेका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.