Sujang

बैतडीमा स्याउला काट्ने क्रममा एक महिलाको मृत्यु

Ban
Krishi

चैत २,बैतडीः बैतडीमाा स्याउला काट्ने क्रममा एक महिलाको मृत्यु भएको छ।

विहिबार जिल्लाको सिगास गाउँपालिका–४ गढतोलामा रहेको सिगास फोटो स्टुडियो डडेलधुराका सञ्चालक कर्णबहादुर बोहराकी श्रीमतीको मृत्यु भएको हो। कर्णबहादुरकी श्रीमती हरुलीदेवी बोहराको स्याउला काट्ने क्रममा लडेर मृत्यु भएको हो। स्याउला काट्ने लडेर महिलाको मृत्यु भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सिगास गाउँपालिका–४ गढतोला शैनीकी ४६ वर्षीया हरुलीदेवीको स्याउला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो। बिहीवार घनजिकैको खरबारीमा  बाख्राका लागि स्याउला काट्ने  क्रममा बोहरा रुखबाट लडेर गम्भीर  घाइते भएकी थिइन्।

Salmuni
Leave A Reply

Your email address will not be published.