Sujang

वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ : रास्ट्रपति पौडेल

Ban
Krishi

गीता कुँवर,फागुन ११,अछाम : राष्ट्रपति रामचन्द्र पौडेलले वैद्यनाथ धामलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन्। वैद्यनाथ धाममा बिहीबारबाट सुरु भएको कोटीहोम महायज्ञको उद्घाटनका क्रममा उनले थप पूर्वाधार निर्माण गरेर पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका हुन्। यसबारे विस्तृत अध्ययन गरी गुरुयोजना तयार पारेर अल्प, मध्य र दीर्घकालिन रुपमा पूर्वाधार निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले चार धाम मध्येको एक बैद्यनाथ धामको महत्व र महिमाका विषयमा स्कन्द पुराण मानसखण्डमा उल्लेख भएको भन्दै वैद्यनाथ तथा ज्वाला क्षेत्रको दर्शन गर्दा सयौं गुणा बढी पुण्य प्राप्त हुने जनविश्वास रहेको बताए। वैद्यनाथ धाम जस्ता ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षरणका लागि तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए ।

वैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आजबाट सुरु भएको हो। महायज्ञ २५ गतेसम्म सञ्चालन हुनेछ। पौराणिक, धार्मिक, ऐतिहासिक,सांस्कृतिक र पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण वैद्यनाथ धाममा ६/६ वर्षमा गरिने लक्षहोमसहितको अर्धकुम्भ मेला, १२/१२ वर्षमा गरिने महालक्षहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटीहोम महायज्ञसहित महाकुम्भ मेलाको परम्परालाई कायम राख्न तयारी थालिएको मुल आयोजक समितिले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.