


असार १५ गते, डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका–६ धौनायाका १५ वर्षीय किशन चन्द एप्लास्टिक एनेमिया (Aplastic Anemia) नामक गम्भीर रोगबाट पीडित भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।
किशनका बुबा चक्र चन्दका अनुसार भारतको लुधियानामा उपचाररत किशनलाई नियमित रूपमा रगत चढाउनुपर्ने र हरेक हप्ता करिब ३ हजार ५ सय रुपैयाँ बराबरको सुई लगाउनुपर्ने अवस्था रहेको छ। चिकित्सकले उनको पूर्ण उपचारका लागि बोन म्यारोसम्बन्धी उपचार आवश्यक पर्ने र त्यसका लागि करिब १८ लाख रुपैयाँ खर्च लाग्ने बताएका छन्।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिन भएपछि देश तथा विदेशमा रहेका नेपालीहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ।
सहयोगका लागि परिवारले उपलब्ध गराएको क्यूआर कोडमार्फत रकम पठाउन सकिने जनाएको छ। साथै, थप जानकारीका लागि ९८६३०८८५१३ र ९८०५०२३४१६ नम्बरमा सम्पर्क गर्न सकिने परिवारले जनाएको छ।

