Sujang

कीर्तिपुरबाट हराए अछामका रेबन्त बिष्टको खोजीमा सहयोग गरिदिन परीवारको अपिल

Ban

तिर्थ नेपाली,असार ३० : अछाम जिल्लाको मंगलसेन नगरपालिका–५, भाटाबाडा स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुर क्षेत्रमा बसोबास गर्दै आएका ३० वर्षीय रेबन्त बिष्ट जेठ २६ गतेदेखि सम्पर्कविहीन भएका छन्।
परिवारका अनुसार बिष्ट अध्ययन तथा लोकसेवा आयोगको तयारीका लागि काठमाडौंमा बस्दै आएका थिए। उनका भाइ छत्र बिष्टले पछिल्लो समय रेबन्त मानसिक तनावमा रहेको संकेत देखिएको बताएका छन्। विशेषगरी लोकसेवा आयोगको परीक्षा ३२ वर्षसम्म मात्र दिन पाइने जानकारी पाएपछि उनी थप चिन्तित बनेका थिए।

पछिल्ला दिनहरूमा उनी एक्लै कोठामा बस्ने, कम बोल्ने तथा सामाजिक गतिविधिबाट टाढा रहने गरेको परिवारको भनाइ छ।

Krishi

गत भदौ २३ गतेको ‘जेनेरेशन आन्दोलन’का घाइते तथा सामाजिक अभियन्ता युवराज उपाध्यायका अनुसार रेबन्त जेठ २६ गतेदेखि परिवार र आफन्तको सम्पर्कमा आएका छैनन्। उनको मोबाइल फोनसमेत बन्द रहेको बताइएको छ।

प्राप्त विवरणअनुसार उनको अन्तिम लोकेसन स्वयम्भू क्षेत्र नजिकको सितापाइला जंगल आसपास देखिएको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

परिवारले रेबन्त बिष्टलाई कतै देख्नुभएको वा उनीसँग सम्बन्धित कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा परिवारको सम्पर्क नम्बर ९८६९८०१९१४ र ९८६४१००६६९ मा तत्काल जानकारी गराइदिन अनुरोध गरेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.