Sujang

डोटीमा दिलसराले पाइन् ७९ बर्षमा नागरिकता

Ban

असार ११ गते ,डोटी – डोटीको बडीकेदार गाउँपालिका–२ निवासी ७९ वर्षीया दिलसरा बुचा मगर बिहिबार खुब खुशी भेटिइन् । इलाका प्रशासन कार्यालयको संयोजनमा उनले नागरिकता पाएपछि उनको खुसीको सीमा नै थिएन ।

इलाका प्रशासन कार्यालय विपिनगरका कार्यालय प्रमुख लाल बहादुर बोगटीले ७९ बर्षको उमेरमा बुचा मगरलाई नागरिकता र राष्ट्रिय परिचयपत्र प्रदान गरेका हुन् ।

Krishi

उमेरले थलिएको शरीर, चाउरी परेको अनुहारमा नागरिकता प्राप्त गरेपछि निकै चमक थियो । ‘यो उमेरमा नागरिकता पाएँ, आर्थिक अवस्था कमजोर, पारीवारिक समस्या र भौगोलिक विकटताले नागरिक पाउन सकेको थिएन । सबैको सहयोगले नागरिकता दियो’, उनले भनिन्, ‘ इलाका प्रशासन स्थापना भएपछि नागरिकता बनाउन पाउँदा खुशी नहुने कुरै भएन ।’

नागरिकता र रास्ट्रियपरिचय पत्र नभएकै कारण सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएकी मगरले नागरिकता प्राप्त गरेसँगै नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता पनि पाउने भएकी छिन्।

इलाका प्रसाशन स्थापना भए संगै नागरिकता लगायत सेवाबाट बन्चित भएका नागरिकहरुलाई सहज भएको इलाका प्रशासन कार्यालयले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.