Sujang

डोटीमा आयुर्वेद सेवा सम्बन्धी सञ्चारकर्मीसंग अभिमुखीकरण

Ban

इन्द्र शाही,असार १३ गते डोटी: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, दिपायल डोटीको आयोजनामा सञ्चारकर्मीहरूलाई आयुर्वेद सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा कार्यालय प्रमुख डा.पुष्पा भुसालले जिल्लामा उपलब्ध आयुर्वेद सेवाहरू, सेवा लिने लाभग्राहीको अवस्था तथा आगामी योजनाबारे प्रस्तुतीकरण गर्नुभयो। उहाँले जिल्लामा ओपिडी तथा फार्मेसी सेवा, पञ्चकर्म तथा पूर्वकर्म सेवा, उपचारात्मक योग सेवा, स्तनपायी आमा तथा शिशु सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा र गाउँघर क्लिनिक सेवा सञ्चालनमा रहेको जानकारी दिनुभयो।

Krishi

पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिँदै प्रमुख भुसालले आगामी आर्थिक वर्षदेखि आयुर्वेद सेवालाई समुदायस्तरसम्म पुर्‍याउन प्रचार–प्रसार तथा जनचेतनामूलक कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो। आयुर्वेदप्रति आम नागरिकको पहुँच र अपनत्व बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो।

नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले आयुर्वेद सेवाको प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिका लागि पत्रकारहरूको तर्फबाट आवश्यक सहयोग गर्न महासंघ सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयुर्वेद स्वास्थ्य केन्द्रले दिने सेवालाई अझै गाउँ घर सम्म पुर्‍याउन सके ठुलो टेवा पुग्ने बताउनु भयो ।

उक्त अभिमुखीकरण कार्यक्रममा कार्यालय प्रमुख डा.भुसाल र वरिष्ठ बैद्व खडक बमले आयुर्वेद स्वास्थ्य केन्द्रले गरिरहेका कार्यहरु , आयुर्वेदका बारेमा , जिल्लामा गरेका गतिविधि लगायतका बारेमा जानकारी तथा प्रस्तुति राखेका थिए ।

उक्त कार्यक्रम जिल्ला स्थित सञ्चारकर्मीहरुको उपस्तिथि रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.