

असार १४ गते, डोटी : डोटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–२ खरहरमा घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका अन्दाजी ५०/५१ वर्षीय हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार साँझ करिब ४:४५ बजे स्थानीय डम्बरबहादुर पल्ली मगरको घरमा झ्याल–ढोका बनाउने क्रममा सोही ठाउँका हर्कबहादुर पल्ली मगरलाई अचानक करेन्ट लागेको थियो।
करेन्ट लागेर गम्भीर घाइते भएका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीले कार्यलय डोटीका प्रहरी नायब उपरीक्षक रण बहादुर चन्द जानकारी दिए ।

घटनाबारे वडा सदस्य तारा रामजालीले साँझ करिब ८:३० बजे टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराएका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक वीरबहादुर बोहराको कमाण्डमा ७ सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

