

साउन १६ गते : सुदूर धमाका प्रोडक्सन हाउसको प्रस्तुतिमा तयार गरिएको नयाँ देउडा गीत ‘मन जलि’ शुक्रबार, साउन १५ (खिर खाने दिन) को विशेष अवसर पारेर सार्वजनिक गरिएको छ।
सुरिलो स्वरका धनी दिनेश साउद र गौरी भट्टको सुमधुर आवाजमा सजिएको उक्त गीतले सार्वजनिक भएसँगै देउडा संगीतप्रेमीहरूको राम्रो प्रतिक्रिया बटुल्न थालेको छ।

गीतको निर्देशन लोकप्रिय गायक तथा मोडल गणेश साउद जिसीले गरेका हुन्। गीतको भिडियोमा सपना भण्डारी र सुरेश साउदको आकर्षक अभिनय देख्न सकिन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति, प्रेम र भावनालाई समेटेर तयार गरिएको गीतका शब्द तथा संगीतले दर्शक–श्रोताको मन छुने विश्वास निर्माण गरेको छ।
मार्मिक शब्द, मिठासपूर्ण प्रस्तुति र मौलिक देउडा लयका कारण ‘मन जलि’ विशेषगरी सुदूरपश्चिमका देउडा पारखीहरूको मन जित्ने अपेक्षा गरिएको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ।
मौलिक कला, संस्कृति र देउडा संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यो गीतले नेपाली लोकसंगीतमा थप योगदान पुर्याउने विश्वास गरिएको छ।
गित हेर्न तलको लिन्कमा जानुहोला ।
