

कार्तिक ७ गते, डोटी : डोटीको शिखर नगरपालिका वडा नं. ८ स्थित सेती नदीको किनारमा शनिबार एक पुरुषको बेवारिसे मृत शव फेला परेको छ ।
गोल्मागाड नजिकै सेती नदी किनारमा पहिचान नखुलेको अन्दाजी २८ देखि ३० वर्ष उमेर जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

नदी किनारमा पुरुषको शव तैरिरहेको अवस्थामा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । आज बिहान ११:१० बजे स्थानीयले जानकारी गराउनासाथ जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी सहायक निरीक्षक (प्रसनि) चन्द्र सिंह ठगुन्नाको कमाण्डमा प्रहरी टोली घट्नास्थलतर्फ प्रस्थान गरेको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
