Sujang

एशियन लाइफ इन्स्योरेन्सको वार्षिकोत्सवमा शैक्षिक सामग्री वितरण

Ban
Krishi

चैत १६ गते डोटी : एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, डोटी शाखा कार्यालयले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ। कम्पनीले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिखर नगरपालिका–१, कपल्लेकीस्थित केदारेश्वर माध्यमिक विद्यालयमा अध्ययनरत २० जना न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई सामग्री वितरण गरेको हो।
आयोजित कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक थान झोला, आधा दर्जन कापी, आधा दर्जन डटपेन तथा एक–एक वटा ज्यामिती बक्स प्रदान गरिएको थियो। साथै विद्यालयलाई एक थान भलिबल समेत हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा शिखर नगरपालिका–१ का वडा अध्यक्ष दीपक बोगटीले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
त्यस्तै, विद्यालयका प्रधानाध्यापक गगन बहादुर कार्कीले कम्पनीप्रति आभार व्यक्त गर्दै विद्यालयप्रति देखाएको सहयोग र सद्भावको प्रशंसा गर्नुभयो।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, डोटी शाखाका प्रमुख केशव बहादुर विष्टको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक बोगटी प्रमुख अतिथि तथा प्रधानाध्यापक गगन बहादुर कार्की विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रम सञ्चालन राजेन्द्र प्रसाद अवस्थीले गर्नुभएको थियो भने स्वागत मन्तव्य एमडिआरटी नवराज भण्डारीले व्यक्त गर्नुभएको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.