Sujang

संविधान जोगाउन र प्रतिगमन सच्याउन गठबन्धनलाई भोट हाल्नुहोस् :प्रचण्ड

Ban

धनगढी  :  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई विजयी बनाउन आग्रह गरेका छन्।

सुदूरपश्चिमको राजधानी धनगढीमा आइतबार आयोजना गरिएको सत्ता गठबन्धनको प्रशिक्षण कार्यक्रममा प्रचण्डले संविधान जोगाउन र प्रतिगमन सच्याउन गठबन्धनलाई भोट हाल्न आग्रह गरेका हुन्।

प्रचण्डले भने, ‘बामपन्थी र कांग्रेसको गठबन्धनले इतिहासमा ठूला ठूला परिवर्तन भएका छन, त्यसैले यो देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो, गठबन्धनमा निर्धक्क भोट हाल्नुहोला।’

जतिबेला काँग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र आफ्नो बीचमा शान्ति सम्झौतामा हस्ताक्षर भयो, त्यती बेला नै आफूले रुखमा भोट हालिसकेको बताए।

‘जतीबेला शान्ति सम्झौतामा गिरिजाबाबु र मैले हस्ताक्षर गर्‍यौं, त्यतीबेला मैले रुखमा भोट हाली सकेँ। अनी गरिजाबाबुले पनि हँसिया हतौडामा भोट हालिसके,’ प्रचण्डले भने। उनले चुनाव चिह्न देख्दा भोट हालौं की नहालौं भन्ने कुरा त्यागिदिन आग्रह गरे।

‘स्थानीय चुनावमा हँसिया हतौडामा भोट हालेकाले रुपमा भोट हालौं नी नहालौं, रुखमा भोट हालेकाले हँसिया हतौडामा भोट हालौं की नहालौं भन्ने कुरा देखियो । तर, मंसिर ४ को चुनाव प्रतिगमनकारी र संविधानको रक्षाका बीचको चुनाव हो, हात नकमाउन आग्रह गर्दछु।’

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.