![Sujang](https://shilakhabar.com/wp-content/uploads/2022/09/1380138577ssssss-1.png)
कार्तिक ६ गते, धनगढी – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन आह्वान गरेका छन् ।आइतबार धनगढीमा ५ दलीय गठबन्धनमा आवद्ध दलहरूको सुदूरपश्चिम स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् ।
चुनावपछि देश कता जाने भन्ने गम्भीर मोडमा रहेको बताउँदै उनले नेपालको संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।
२००७ सालदेखि लडाई लड्दै लाएको गणतन्त्र, संविधान बचाउनका लागि गठबन्धनलाई जिताउन जरुरी छ । यस्तै उनले देश गम्भीर मोडमा उभिएको बताएका छन् ।