


इन्द्र शाही,माघ ९ गते डोटी : नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ जिल्ला शाखा डोटीले १३औँ राष्ट्रिय पुस्तक दिवस तथा सरस्वती पूजाको अवसरमा यस वर्ष पनि स्टेसनरी तथा खाद्यान्न सामग्री वितरण गरेको छ।
विगत वर्षझैँ यस वर्ष पनि शिखर नगरपालिका–६ चुडीमा रहेको मस्टा संस्कृत गुरुकुल विद्या आश्रमको माग बमोजिम सामग्री वितरण गरिएको हो।
महासङ्घले गुरुकुललाई ४८ थान कपी, ५० थान डटपेन, धार्मिक पुस्तकहरूका साथै ४० केजी दाल, ५० केजी आलु, २० केजी फुलगोभी, २ केजी हरियो खुर्सानी, २ केजी मिक्स मसला, १ केजी हल्दी, १० केजी नुन, १ केजी घिउ तथा १ पेटी तेल वितरण गरिएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घ जिल्ला शाखा डोटीका अध्यक्ष नवराज भण्डारीले दिनुभएको हो।

