Sujang

बलायरद्वारा दृष्टिविहीन विद्यार्थीलाई न्यानो लुगा वितरण

Ban

मंसिर २१ गते ,डोटी : शाजेन्द्रश्वर माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ। सुजङ्ग अस्पताल राजपुरका प्रशासन प्रमुख तथा नेपाली कांग्रेस केआई–सिंह गाउँपालिकाका सभापति अर्जुन बलायरले विद्यालयमा पुगेर विद्यार्थीहरूलाई न्यानो लुगा र ब्ल्याङ्केट प्रदान गरेका हुन्।

यस अघि जेठ २८ गते बलायरले सोही विद्यालयका दृष्टिविहीन बालबालिकासँग आफ्नो जन्मदिन मनाएका थिए। जन्मदिनको अवसरमा उनले बालबालिकालाई चश्मा, आवाजमा समय बताउने घडी, एक–एक सेट लुगा, साथै आवश्यक सामग्री किन्न रु. ५,००० छात्रावासमै पुगेर प्रदान गरेका थिए। त्यस अवसरमा उनले जाडोको समयमा न्यानो लुगा उपलब्ध गराउने प्रतिवद्धता जनाएका थिए, र यही प्रतिवद्धता अनुसार शनिबार न्यानो लुगा र ब्ल्याङ्केट वितरण गरिएको हो।

Krishi

बलायरले गरीब तथा अपाङ्गता भएका बालबालिकाको आवश्यकता र समस्यालाई मध्यनजर गर्दै सक्दो सहयोग गरिरहेको बताए।

शाजेन्द्रश्वर मावि फुलौटका दृष्टिविहीन शिक्षक टेक बोगटीले न्यानो लुगाको सहयोगले विद्यार्थीहरूलाई ठूलो राहत पुगेको बताए।
“जाडोमा न्यानो लुगाको कडा आवश्यकता थियो। विद्यालयमा स्रोत अभाव छ। यस्तो संवेदनशील समयमा पूर्वप्रतिबद्धता अनुसार न्यानो लुगा उपलब्ध गराइदिनु भएकोमा आभार व्यक्त गर्दछु,” उनले भने।

विद्यालयका प्रधानाध्यापक खड्क बहादुर खड्काले पनि सहयोगले विद्यार्थीहरूको हौसला बढाएको बताए।
“२०५२ सालदेखि हामीले दृष्टिविहीन बालबालिकालाई आवाससहितको शिक्षा दिँदै आएका छौं। राज्यले दिने सेवा सुविधा पर्याप्त छैन। विभिन्न व्यक्ति तथा संस्थाले गरेको सहयोगले विद्यालय र विद्यार्थीलाई ठूलो टेवा पुग्ने गरेको छ,” उनले बताए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.