असोज ४ गते ,कैलाली –आसन्न मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कैलालीमा २ हजार ८१२ जना म्यादी प्रहरी परिचालन हुने भएका छन् । ५ ओटा निर्वाचन क्षेत्र रहेको कैलालीमा उनीहरुलाई संवेदनहिलाताका आधारमा परिचालन गरीने छ ।
निर्वाचन सुरक्षाका लागि छनोटमा परेका म्यादी प्रहरीलाई अहिले जिल्लाका धनगढी, अत्तरीया, चौमाला, मसुरीया, भजनी, खुडक, बौनीया, लम्की र टीकापुर गरी ९ स्थानमा तालिम सञ्चालन भइरहेको छ ।
गएको असोज ३० गतेबाट शुरु भएको तालिम यहि कार्तिक ८ गते समापन हुनेछ । तालिमपछि उनीहरुलाई काममा खटाईने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
तालिम सकीएपछि उनीहरुलाई स्थानीय प्रहरीसंग मिलेर काम गर्न लगाईने र चुनावको समयमा भने उनीहरुको स्थान परिवर्तन गरिने प्रवक्ता जोशीले बताए ।
कैलाली जिल्लामा २३७ ओटा मतदान स्थल र ६२९ ओटा मतदान केन्द्र रहेका र तिनीहरुको संवेदनशिलताका आधारमा प्रहरीसंगै म्यादी प्रहरी खटाउने तयारी भइरहेको समेत प्रवक्ता जोशीले बताए ।