Sujang

विद्यालय तथा बालबालिका प्रयोग नगर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण

Ban

मंसिर १ गते : बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आगामी फागुन २१ गते हुने निर्वाचनका क्रममा विद्यालय र १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई राजनीतिक गतिविधिमा सहभागी नगराउन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ।

Krishi

सातै प्रदेशका ५० जिल्लामा फैलिएका १०७ सदस्य संस्था समेटिएको अभियानले सन् २००० देखि बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै, बालबालिका सम्बन्धी ऐन, निर्वाचन आचारसंहिता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार बालबालिकाको राजनीतिक प्रयोग रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको आग्रह गरेको हो।

सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलको नेतृत्वमा उपाध्यक्ष हेमराज जोशी, सदस्य शान्ता दाहाललगायतको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटेर उक्त ध्यानाकर्षण गराएको हो।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोग बालबालिकाको प्रयोग रोक्ने दिशामा सचेत रहेको बताउँदै, कुनै पनि राजनीतिक दलले विद्यालय वा बालबालिकालाई चुनावी प्रक्रिया वा प्रचारप्रसारमा प्रयोग गर्न नमिल्ने स्पष्ट गरे। उनले विगतको तुलनामा यसपटक अझ प्रभावकारी अनुगमन गरिने उल्लेख गर्दै, राजनीतिक दल, विद्यालय तथा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको टिप्पणी गरे।

Salmuni
Leave A Reply

Your email address will not be published.