Sujang

पेट्रोलियम पदार्थ आपूर्ति नगरे पम्पलाई कानुनी कारबाही गरिने

Ban

असोज २० गते ,डोटी : पेट्रोलियम पदार्थ आपूर्ति नगरे पेट्रोल पम्पलाई कानुनी कारबाही गरिने भएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले जिल्लामा रहेका पेट्रोल पम्पहरूले माग अनुसार पेट्रोलियम पदार्थ आपूर्ति नगरे कानुनी कारबाही गर्ने निर्णय गरिएको हो ।

जिल्लामा रहेका दुई वटा पम्पहरूले उपभोक्तालाई पर्याप्त पेट्रोल उपलब्ध गराउन नसकेको चौतर्फी गुनासो आए सँगै बसेको बैठकले पम्पमा इन्धन अभाव र बजारमा कालोबजारीमा पेट्रोल बिक्री गरिएको भेटिएमा कानुन बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी जोशीले बताए ।

जोशीले भने ,’ जिल्लामा सञ्चालनमा रहेका पेट्रोल पम्प व्यवसायीले आफ्नो पेट्रोल पम्प वाहेका अन्यत्र कहीँ कतैबाट पेट्रोल बिक्री वितरण हुन नदिन ड्रम ,ग्यालनमा पूर्ण रूपमा बन्द गरी यातायातको साधनलाई उपलब्ध गराउने निर्णय गरेको छ ।  आगामी दिनमा ड्रम, जर्किन,ग्यालनमा पेट्रोल उपलब्ध गराई कृति अभाव र कालोबजारी गरे/भएको पाइएमा कानुन बमोजिम कारबाही गरिने छ ।’

उनले थपे ,’नेपाल आयल निगमले जिल्लाको माग र आपूर्तिलाई ख्याल गरेर इन्धन सहज उपलब्ध गराउनु पर्ने र निगमले आगामी दुवै पम्पको दैनिक बिक्री वितरण गरेको इन्धनको तथ्यांक समेत राख्नु पर्ने निर्णय  समेत गरेका छौँ ।’

Krishi

अनुगमनका क्रममा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी कालोबजारीमा पेट्रोल विक्रीमा संलग्न व्यापारी वा व्यक्ति भेटिएमा कानुन बमोजिम कडा कारबाही गरिने जोशीले बताए ।

पम्प व्यवसायीले पम्पको क्षमता अनुसार इन्धन राखे जिल्लामा अभाव सृजना नहुने नेपाल आयल निगम शाखा दिपायलका प्रमुख देव बहादुर जोशीले बताए ।

उनले भने,’पम्प व्यवसायीले आगामी दिनमा क्षमता अनुसार इन्धन नराखे विकल्प खोज्नु पर्ने हुनसक्छ । हामीले व्यवसायीलाई आवश्यकता र माग अनुसार अभाव नहुने गरी पम्पमा इन्धन राख्न भनी सकेका छौँ ।’

पछिल्लो समय देखिएको इन्धनको कृत्रिम अभाव र कालोबजारी आम नागरिकमाथिको अन्याय मात्र होइन, कानुनको खुलेआम उल्लङ्घन भएकाले तत्काल अनुगमन गरि कानुनी कारबाहीको दायरामा ल्याउन जरुरी रहेको नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले बताए ।

पम्पमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको उद्योग वाणिज्य संघका अध्यक्ष विक्रम बहादुर साउँदले बताए ।

जिल्लामा आगामी दिनमा पेट्रोल अभाव शृजना हुन नदिने जेबि आइल स्टाेरका दिपायलका सञ्चालक प्रकाश कपड्याल र एसजि फ्युल सेन्टरका प्रतिनिधि दिप बहादुर मलासिले बैठकमा प्रतिबद्धता समेत जनाए।

गैह्रकानुनी तरिकाले खुलेआम पेट्रोलियम पदार्थको बिक्री वितरण गर्नेलाई कानुन अनुसार कडा कारबाही गरिने डोटी प्रशासनले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.