Sujang

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना: डोटीका एकको मृत्यु, ४ जना गम्भीर 

Ban

असोज १८ गते : कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको बस कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१, वनकसवासास्थित महेन्द्र राजमार्गमा दुर्घटनामा परेको हो।

Krishi

दुर्घटनामा डोटीको दिपायल सिलगढी नगरपालिका–१ की सरस्वती खड्काको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

घाइतेहरूमध्ये ४ जनाको अवस्था गम्भीर रहेको तथा गम्भीर र मध्यम घाइते १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ।

प्रहरीका अनुसार बिहानको समयमा तीव्र गतिमा गुडिरहेको बस मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

दुर्घटनास्थलमा प्रहरीले उद्धार तथा थप अनुसन्धान कार्य जारी राखेको जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.