Sujang

केआइसिंह गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन 

Ban

असोज ७ गते,डोटी : केआइसिंह गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। सोमबार गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाही र उपाध्यक्ष मिना विष्टले एकसाथ भवनको उद्घाटन गरेका हुन् ।

गाउँपालिकाको केन्द्र वायलमा जमिन खरिद गरेर भवन निर्माण गरिएको थियो । १० करोड ३२ लाख ६० हजार ८८६ लागत अनुमान गरिएको थियो । टेण्डर पश्चात निर्माण कम्पनीसँग  ८ करोड १८ लाख ४२ हजार ४६६ रुपैयाँमा ठेक्का सम्झौता  भएको थियो ।

२०७९ साउन २६ गते भवन निर्माणका लागि गोर्खा किनारा जेभिसँग सम्झौता भई निर्माण कार्य सुरु भएको थियो । २०८१ माघ २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा निर्माण व्यवसायीले तोकिएकै मितिमा भवनको निर्माणकार्य सम्पन्न गरेको प्रमुख प्रशासकीय अधिकृत हिमाल डगौराले शिखर समाचारलाई बताए । निर्माण व्यवसायीले समयमै काम सम्पन्न गरे पनि भवन उद्घाटन ढिला भएको उनले बताए ।

गोर्खा किनारा जेभिका प्रतिनिधि दिनेश बोहराले सोमबार उद्घाटन कार्यक्रमकै बीच गाउँपालिका अध्यक्षलाई चाबी हस्तान्तरण गरेका थिए ।

Krishi

नवनिर्मित भवनबाट तत्कालका लागि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, प्रशासन, योजना, प्राविधिकलगायतका शाखाहरूले सेवा प्रवाह गर्नेछन् ।

नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहीले नयाँ भवनबाट नयाँ ढंगले, नयाँ सेवा प्रवाह गरिने बताए ।
नयाँ भवनबाट नयाँ जनअपेक्षा बमोजिम नयाँ ढंगले मुस्कानसहितको सेवा प्रवाह गर्ने अध्यक्ष शाहीले बताए ।

उपाध्यक्ष विष्टले भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण महानुभाव तथा निर्माण कम्पनीलाई धन्यबाद ज्ञापन गरिन् । गाउँपालिकाले उद्घाटन कार्यक्रमकै बीच भवन निर्माणमा सहयोग पु-याउने निर्माण कम्पनी, व्यक्ति तथा सुलभ मूल्यमा जग्गा उपलब्ध गराउने जग्गाधनीहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा उपस्थित पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्का, बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल गड्सिला, सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.