Sujang

निजामती सेवा दिवसको अवसरमा रक्तदान र स्वास्थ्य शिविर

Ban

भदौ १९ गते,डोटी : २२ औँ निजामती सेवा दिवसको अवसरमा डोटीमा रक्तदान र स्वास्थ्य शिविर गरिएको छ।

बिहीबार सिलगढीमा निजामती सेवा दिवसको अवसरमा जिल्ला अस्पताल तथा नेपाल रेडक्रस सोसाइटी डोटी शाखाको सहकार्यमा रक्तदान र स्वास्थ्य शिविर गरिएको हो ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले कर्मचारीहरूले सेवाग्राहीलाई प्रभावकारी र छिटो छरितो सेवा दिइए यो नै दिवसको असली मर्म हुने बताए। उनले कर्मचारीहरूले आफूलाई परिर्वतन गरी जनताको मन जित्ने किसिमले काम गर्नुपर्ने बताए।जिल्लामा व्लड बैकको स्थापनको लागि सबै सरोकारवालाहरूले लाग्नु पर्नेमा जोड दिए ।

Krishi

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी डोटीका सभापति खडक खड्काले जिल्लामा ब्लड बैकको स्थापन गर्न आवश्यक रहेकोले यसमा सबैको साथ सहयोगको आवश्यकता रहेको बताए ।

जिल्ला अस्पतालका मेसु सुजित मण्डलले रक्तदान नै जीवन दान भएकाले यो पुण्य कार्यबाट रगतको अभाव पूरा गर्नका लागी सबैले रक्तदान गर्नुपर्ने बताए । विभिन्न दिवसमा यस्ता रचनात्मक कार्यले रक्त अभावमा थोरै भए पनि सहयोग पुग्ने बताए ।

रक्तदान कार्यक्रममा ४ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटीमा कार्यरत ल्याब असिस्टेन्ट हरिस खड्काले बताए ।

स्वास्थ्य शिवरमावाट ४० जनाले सेवा लिएको बताइएको छ ।

२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको स्मरणमा २०६१ सालदेखि निजामती सेवा दिवस मनाउँदै आएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.