Sujang

समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम र वाल संरक्षण, स्पोनसरसिप कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमको संयुक्त अनुगमन

Ban

धिरेन्द्रराज चटौत,भदौ ५ गते ,डोटी : बल्र्ड भिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा, स्थानीय सरकारसँगको समन्वय गरी सामुदायिक विकास केन्द्र डोटी र समान पहुँच विकास केन्द्रद्वारा संञ्चालीत परियोजनाको संयुक्त अनुगमन गरिएको छ ।

बुधवार जिल्लाको आदर्श गाउँपालिका र सायल गाउँपालिकामा सञ्चालित समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रम र वाल संरक्षण तथा स्पोनसरसिप कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमको संयुक्त अनुगमन गरेको हो ।

आदर्श गाउँपालिका रहेको प्रभात माध्यमिक विद्यालय ,मष्टामाण्डौ माध्यमिक विद्यालय र सायल गाउँपालिकाको ओम आधारभूत विद्यालयमा टोलीले अनुगमन गरिएको हो ।

सायल गाउँपालिकाको –४ र ५ मा गरिएको अनुगमनमा अभिभावक , बाल क्लबका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति , शिक्षक जनप्रतिनिधि लगायत सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रममा संञ्चालीत कक्षा तथा त्यहाँ स्थित सरसफाइको अवस्था बालबालिकाको खेलकुदका क्रियाकलाप, भौतिक संरचनाको समेत अनुगमन गर्दा सकारात्मक भेटिएको जिल्ला समन्वय प्रतिनिधि सुनिल घर्तीले बताए ।

परियोजनाले बालबालिकाका लागी बाल पेन्टीङ्ग,आर सी न्यून आय बालबालिकाका लागी झोला कापी कलम लगायतका विभिन्न शैक्षिक सामाग्री ,फोर राख्ने कन्टेनर ,क्षमता विकासकालागि तालीम शिक्षक अनुभव शेयरिङ्ग लगायतका धेरै कुरामा सहयोग मिलेको जनता जनार्दन माध्यमिक विद्यालय शिक्षक तीर्थ राज जोशीले बताए ।

Krishi

परियोजनाले विद्यालयमा शौचालय खानेपानी व्यवस्थापन गरेर विद्यालयलाई धेरै सहयोग पुगेको काला ढुङ्गा आधारभूत विद्यालयका शिक्षक सूर्य बहादुर सिंहले बताए ।

आर्थिक अवस्था कमजोर भएका परिवारका लागि संस्थाले शैक्षिक सामाग्री सहित आय आर्जनका कार्यक्रमले ठुलो सहयोग पुगेको अभिभावक बाटु दमाईले बताइन् ।

बालक्लव गठन गर्ने देखि गरी अनलाइन सेफ्टी ,सफ्ट स्किल ,लाइफ स्किल लगायतका चेतना मूलक तालीमले आफूहरूलाई सहयोग पुगेको बाल क्लबका प्रतिनिधि मंगला खड्का बताइन् ,

पालिकामा सञ्चालित परियोजनाले विद्यालयका भौतिक संरचना ,शौचालय, फर्निचर, पढाइ सामाग्री जस्ता सहयोगले पालीकाले गर्नुपर्ने काममा ठुलो सहयोग पुगेको सायल गाउँपालिकाका उपाध्यक्ष निर्मला बोहरा वलीले बताइन् ।
यसैबिच सायल गाउँपालिकाका उपाध्यक्ष वलीलाई एकीकृत पाठ्यक्रम आधारभूत मुल्याङ्गन पुस्तीका एक हजार थान हस्तान्तर गरिएको थियो ।


अनुगमनका क्रममा बोल्दै आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बालबालिकाको बारेमा अभिभावकले चिन्तित हुन जरुरी रहेको बताए । स–साना आफ्नो कामको लागि पनि सरकारको मुख ताक्ने बानिलाई आफ्नो जिम्मेवारी वुभm्न आवश्यक रहेको उनले बताए । साझेदारी संस्थाले पालिकामा भित्र गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर सहयोग रहने विश्वास व्यक्त गरे ।

त्यस्तै अनुगमनका क्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले शिक्षा विना कुनै पनि कुराको कल्पना गर्न नसकिने बताए । अहिलेको समय र प्रविधिलाई बुझेर अगाडि बढ्न सके पछि पछुताउनु नपर्ने उनले बताए । समय अनुसार अगाडि बढ्न नसके जिन्दगीभर पछुताउने पर्ने भएकाले समयमा ध्यान दिन आवश्यक रहेको उनले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भीम पनेरुले शिक्षामा गरिएको लगानीलाई सही सदुपयोग गर्न आवश्यक रहेको बताए ।
अनुगमनमा जनप्रतिनिधि, गैर सरकारी संस्थाका प्रतिनिधि, पत्रकार ,वालक्लवका प्रतिनिधि, अभिभावक,परियोजना संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.