Sujang

कपुरकोट गाउँपालिकामा वातावरणमैत्री तथा हरित कार्य सञ्चालन कार्यविधिको मस्यौदा तयार

Ban

भदौ १ गते ,सल्यान : कपुरकोट गाउँपालिकाले वातावरणमैत्री तथा हरित कार्य सञ्चालन कार्यविधि–२०८२ को मस्यौदा तयार गरेको छ। सामाजिक संघसंस्था, विद्यालय, निर्माण क्षेत्र, व्यवसाय, सरकारी तथा निजी क्षेत्रले गर्ने कार्यहरू वातावरणमैत्री र हरित बनाउने उद्देश्यले यो कार्यविधि तयार गरिएको हो।

Krishi

कार्यविधिमा फोकल इकाइ तोक्ने, योजना तथा बजेटमा हरित कार्य समावेश गर्ने, वातावरणीय मूल्याङ्कन, क्षमता अभिवृद्धि, जनचेतना अभियान, प्लास्टिक निषेध, फोहोर व्यवस्थापन, पुनर्चक्रण, हरित यातायात, हरित खरिद नीति, ऊर्जा र पानी दक्षता, सहकार्य, अनुगमन, मूल्याङ्कन र वार्षिक अद्यावधिक जस्ता प्रमुख गतिविधिहरू समेटिएका छन्।

यस कार्यविधि मस्यौदाको तयारी क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) र IM Swedish Development Partner को सहकार्यमा, गाउँपालिकाको समन्वयमा गरिएको हो। कार्यविधि मस्यौदा हाल अन्तिम छलफल चरणमा पुगेको छ।

नेपालमै स्थानीय सरकार स्तरमा यस्तो कार्यविधि बनाउने कपुरकोट पहिलो पालिका बनेको छ। मस्यौदा कार्यविधिलाई क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछाने ले गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.