Sujang

सञ्चारकर्मीसँग कृषि प्रविधि सम्बन्धी अन्तरक्रिया तथा वार्षिक समीक्षा गोष्ठी सम्पन्न

Ban

असार २९ गते, डोटी : सञ्चारकर्मीहरूसँग कृषि प्रविधि सम्बन्धी अन्तरक्रिया तथा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र डोटीको आयोजनामा आइतबार सिलगढीमा चालु आर्थिक वर्षमा भए गरेका कार्यहरू तथा आगामी आर्थिक वर्षका कार्यक्रमको बारेमा जानकारी दिने उद्देश्यले सिलगढीमा अन्तरक्रिया कार्यक्रम तथा समीक्षा गोष्ठी सम्पन्न भएको हो ।

Krishi

ज्ञान केन्द्रले चालु आर्थिक वर्ष २०८१÷८२ मा कुल बजेटको प्रगति प्रतिवेदन अनुसार प्रदेश सरकारबाट प्राप्त कार्यक्रमतर्फ ७७.२३ प्रतिशत र संघिय शसर्त कार्यक्रमतर्फ ९७ प्रतिशत वित्तिय प्रगति हासिल रहेको कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । चालु वर्षमा हाडे तरकारी खेती तथा फलफूल खेती विस्तार, ओखरमा गरिने टप ओर्किङ, १७ दशमलव ५ हेक्टरमा आलुखेति विस्तार, प्याज र लसुन खेती विस्तार, गोब्रे र सिताके च्याउको उत्पादन, कफी नर्सरी, अमिला जातका फलफूल नर्सरी, ५ ओटा कृषि पाठशाला सञ्चालन, चैते धान खेती विस्तार, स्थानीय उत्पादनको खाजा, रोड करिडरमा व्यावसायिक तरकारी खेती, गँड्यौला मल उत्पादन सुरु, किन्नो, उन्सु, स्ट्रबेरीको उत्पादन परीक्षण, कोसेली घर स्थापना लगायतका प्रमुख उपलब्धि भएको कार्यालय प्रमुख अवस्थीले बताए ।

आगामी आर्थिक वर्षमा एक पालिकामा एक नमुना बगैँचा, एक पालिका एक व्यावसायिक उत्पादन क्षेत्र, चैते धान, मुङ, कोदो, बसन्ते मकै, चिनो, हरायो साग लगाउँदै जमिन बाली सघनता बढाउने, हाडे ओखर, मयलमा टप ओर्कीङ गर्ने, पालिका स्तरमा ढुवानी अनुदान, नवीनतम प्रविधि (फोहोरा सिँचाई, थोपा सिँचाई, मल्चिङ, विड म्याड) लाई बढवा दिने, हिउँदे फलफूलको नर्सरीमा जोड दिने, बगैँचा सुदृढीकरण,कृषि स्वयम सेवक, लगायतका कार्य गरिने अवस्थीले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण बहादुर सिंहले कृषि नै उत्तम पेसा रहेको बताउँदै स्थानीय सरकारहरूलाई भूमिका बढाउन अनुरोध गरे । पालिकामा रहेका कृषि शाखालाई भूमिका प्रदान गरी कार्य गरेमा कृषि पेसामा थप टेवा पुग्ने प्रमुख सिंहको भनाई रहेको छ । कृषिको बारेमा भाषण मात्रै धेरै हुने गरेको बताउँदै कम बोल्दै धेरै लगानी गर्नु पर्नेमा सिंहको जोड रहेको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले कृषि ज्ञान केन्द्रले राम्रो काम गरिरहेकोमा प्रशंसा गर्दै दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताएका छन् । अहिलेकै गतिमा भइरहेको कार्यलाई दिगो बनाउन सकेमा कृषिमा केही प्रगति हुने प्रजिअ जोशीको भनाई छ । उनले ज्ञान केन्द्रका आगामी योजनालाई किसान र कृषि मैत्री बनाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका निभाउनु पर्ने बताए ।

कार्यक्रमका बोल्दै नेपाल पत्रकार महासंघका डोटीका अध्यक्ष प्रकाश बमले कृषि ज्ञान केन्द्रले गरेका कार्यको पंशसा गर्दै उत्पादित वस्तुहरूको बजारीकरण, तरकारी शंङ्कलन केन्द्रका व्यवस्थापन ,बन्द रहेका कोल्ड स्टोर सुचारु गर्नुपर्ने ,किसान बिमा कार्यक्रमलाई किसान मैत्री बनाउन ध्यान दिनु पर्ने बताएका छन् । कृषि ज्ञान केन्द्रले अगाडी सारेका नविनतम कार्यक्रम रैथाने परीकारको खाजा, युवा लक्षित कृषि कार्यक्रम, कृषि प्रोफाइल तयार ,गुरु किसान,कृषि पाठशाला, कोसेली घर लगायतका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने अध्यक्ष बमले जोड दिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.