Sujang

गठवन्धन देशको आवश्यकता हो: सभापति बलायर

असोज, ३० गते, कैलाली –नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापती एवं कैलाली ४ प्रतिनिधि सभाका उमेदवार वीर वहादुर वलायरले गठवन्धन देशको आवश्यकता रहेको बताएका छन् । शनिवार नेपाली काँग्रेस गौरीगंगा नगरपालिका कार्यसमितिले आयोजना गरेको चुनावी कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

के पि ओलिली नेतृवको सरकाले गरेका ज्यादती र प्रतिगामी कदमको स्मरण गराउदै प्रदेश सभापती वलायरले भने – ‘देशको आवश्यता अनुसार गठन्दनको सरकार र गठवन्धनमै चुनावमा जानु परेको हो । ‘ गठवन्धनमा रहेका सवै नेतृत्वले चुनाव जिताउन वढी जिम्मेवार भएर लाग्नु पर्ने कुरा वताउदै प्रदेश सभापती वलायरले भने – ‘आफु प्रदेश सभापतीका हैसियतले सुदूरपश्चिम प्रदेश भरी चुनाको अवलोकन र मुल्यांकन गरिरहेको छु, सवै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले इमान्दार साथ चुनावमा लाग्न आग्रह गर्दछु ।’

Salmuni
Leave A Reply

Your email address will not be published.