Sujang

चैतन्य पाठशालाले गर्‍यो अन्तर विद्यालय कविता प्रतियोगिता आयोजना

Ban
Krishi

असार २७ गते,धनगढी : चैतन्य पाठशाला धनगढीले अन्तरविद्यालय कविता वाचन प्रतियोगिता आयोजना गरेको छ । २१२ औँ भानु जयन्तीको अवसरमा चैतन्य पाठशाला धनगढीमा आयोजित प्रतियोगितामा कैलालीका १४ विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।
अन्तर विद्यालय कविता प्रतियोगितामा डिलाईट ईङ्लिस बाेर्डिङ स्कुलकी जेनिसा जाेशी  प्रथम , डिस्काेभरी स्कुलकी प्राप्ति बस्नेत द्वितीय , दुर्गा लक्ष्मी मा वि अत्तरियाकी सन्ध्या अवस्थी तृतीय , र विलक्षण पाैडेल सान्त्वना भयका छन् ।  प्रथम ,द्वितीय ,तृतीय र सान्त्वना  हुनेलाई  क्रमश १० हजार, ७ हजार ५ सय र  ५ हजार रुपैयाँ र प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको चैतन्य पाठशाला धनगढीका प्राचार्य प्रमनिधी अोझाले वताए ।

साथै, सहभागिता जनाएका सम्पूर्ण १४ विद्यालयका छात्र छात्रालाइ प्रमाण पत्र प्रदान गरिएको थियो । कार्यक्रममा महाकाव्यकार मणिराज जोशीले चैतन्य पाठशालाले थुप्रै अतिरक्त क्रियाकलाप गरिरहेको प्रति धन्यवाद दिदै उनले भने -‘ विभिन्न क्षमता भएका विद्यार्थीले अवसर पाउनुका साथै विद्यार्थीको वृद्धिविकासमा ठूलो टेवा पुग्ने छ ।’
कार्यक्रममा चैतन्य पाठशालाका  अध्यक्ष गणेश प्रसाद जोशीले यस्ता खाले थुप्रै कार्यक्रम  चैतन्य पाठशालाले गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष जोशीले भने -‘प्रतियोगिताहरूले विद्यार्थीमा भाषिक क्षमता विकास गर्ने र साहित्यमा अभिरुची बढाउने छ ।’
कार्यक्रम चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महाकाव्यकार मणिराज जोशी, साहित्यकार, पत्रकार, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले भानुभक्त आचार्यको योगदान सम्झने भावपूर्ण कविता वाचन गरेका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.